रत्नको महत्व
रत्नेन शुभेन शुभं भवति नृपाणां अनिष्टम शुभेन ।
यस्मादतः परीक्ष्यं दैवं रत्नाश्रितं तज्ज्ञैः ।।
ग्रहरत्नले विभिन्न ग्रह नक्षत्रबाट यस पृथ्वीमा आउने रश्मि किरण र उर्जालाई खिच्दै हाम्रो शरीरमा प्रवेश गराउँछन् । तसर्थ शुभरत्न धारण गर्नाले शुभफल र अशुभ रत्नधारण गर्नाले अशुभ फल प्राप्त हुन्छ ।
हाम्रा प्राचीन ग्रन्थहरुमा रत्नहरुको ८४ प्रकार हुन्छन् भन्नेकुरा उल्लेख रहेको छ । त्यसमध्ये अधिक त आजभोली लुप्तप्राय छन् । त्यसमध्ये मुख्य ९ नौं रत्नहरुनै अधिक प्रचलनमा रहेका छन् । यी नौं ९ रत्नका उपरत्न पनि हुन्छन् ।
रत्नलाई हामी तीन वर्गमा विभाजन गर्न सकिन्छ ।
१. प्राणिज रत्न अर्थात जीव जन्तुको शरीरबाट प्राप्त जस्तै गजमुक्ता, मुगा आदि ।
२. वानस्पतिक रत्न अर्थात वनस्पतिहरुबाट प्राप्त जस्तै वंशलोचन,तृणमणि,जेट आदि ।
३. खनिज रत्न अर्थात प्राकृतिक रचनाहरु अर्थान् चट्टान, भूगर्भ, समुद्र आदिबाट प्राप्त भएका ।
आउनुहोस् केहि प्रमुख रत्नहरुको जानकारी लियौं
हामीकहाँ उपलब्ध रत्नहरु :-
माणिक– सूर्यको राशि सिंह राशि भएकाहरुलाई माणिक धारण गर्ने सल्लाह दिइन्छ । माणिक अथवा माणिक्यले राजकीय र प्रशासनिक कार्यमा सफलता प्राप्त हुन्छ । यदि यसको लाभ भैरहेको छ भने तपाइको अनुहारमा चमक आउछ अन्यथा टाउको दुख्छ र पारिवारिक समस्या पनि बढ्न सक्छ । अपयश झेल्न पर्ने देखिन्छ ।
मोती – चन्द्रको राशि कर्क र गुरुको राशि मीन राशि भएकाहरुलाई मोती धारण गर्नुपर्दछ भन्ने सल्लाह दिइन्छ । यसलाई लगाउनाले मनमा सकारात्मक विचार उत्पन्न हुन्छ । मनको चन्चलता हराउदै जान्छ । यसको धारण मात्रले रुघाखोकी मा फाइदा गर्छ भने भयमुक्त जीवन र सुख बढ्दै जान्छ ।
यदि कुण्डलीमा चन्द्र १२औं र १०औं घरमा छ भने मोती लगाउनु हुदैन । यो पनि उल्लेख गरिएको पाइन्छ कि शुक्र,बुध,शनि को राशि भएकाहरुले पनि मोति धारण गर्नु हुदैन । अत्यधिक भावुक मान्छेहरु र क्रोधी मान्छेहरुले मोती लगाउनु हुदैन ।
मुगा– मुगा (प्रवाल) मंगलको राशि मेष र वृश्चिक राशि हुनेहरुका लागि मूंगा लगाउन सल्लाह दिने गरिन्छ । मुगा धारण गर्नाले साहस र आत्मविश्वासमा वृद्धि हुन्छ । पुलिस,आर्मी,डाक्टर,जग्गाको काम गर्ने । हतियार निर्माण गर्नेहरु । सर्जन,कम्प्यूटर सफ्टवेयर,हार्डवेयर, इंजिनियर आदि महानुभावहरुले मूंगा लगाउनाले विशेष लाभ मिल्दछ । रक्त सम्बन्धि रोग, मिर्गी एवं जण्डीस जस्ता रोगहरुमा पनि लाभदायक मानिन्छ ।
तर यो विशेष अवस्थामा हानिकारक पनि हुन सक्छ । यदि कुण्डलीका अनुसार मंूगा लगाएको छैन भने यसले नोकसान पनि गर्न सक्छ । यसले दुर्घटना पनि निम्तिन सक्छ । भनिन्छ यसको भार जीवनसाथीमा निर्भर रहेको हुन्छ । यसले पारिवारिक कलह । कुटुम्बहरुमा मनमुटाव र वाणी दोष पनि उत्पन्न गर्न सक्छ । शनि र मंगलको युति भएको अवस्थामा मंूगा लगाउनु हुदैन ।
पन्ना – बुधको राशि मिथुन र कन्या राशि हुनेहरुको लागि पन्ना लगाउन सल्लाह दिइन्छ । पन्ना धारण गर्नाले स्मरण शक्ति बढ्दछ । पाचन प्रणाली ठिक राख्नका लागि पनि यसलाई धारण गर्न सकिन्छ । नोकरी व्यापारमा उन्नतीका लागि पनि यसलाई धारण गर्ने सल्लाह दिइन्छ ।
लाल कितावका अनुसार बुध तेस्रो अथवा १२ औं स्थानमा भए पन्ना धारण गर्नु वर्जित छ । ज्योतिषका अनुसार ६,८,१२ औं स्थानको स्वामी बुध हो त्यसकारण पन्ना धारण गर्नाले अचानक नुकसान हुन सक्छ । यदि बुधको महादशा चलिरहेको छ र बुध ८ औं र १२ औं भावमा छ भनेपनि पन्ना धारण गर्नाले समस्या उत्पन्न हुन सक्छ ।
पुष्पराज– वृहस्पति अथवा गुरुको राशि धनु र मीन राशि हुनेहरुलाई पुष्पराज लगाउन सल्लाह दिइन्छ । पुष्पराज धारण गर्नाले प्रसिद्धि मिल्दै जान्छ । प्रसिद्धिले मान सम्मान बढ्दै जान्छ । शिक्षा र करियरमा पनि लाभदायक हुन्छ । मेष,कर्क,सिंह,वृश्चिक,धनु र मीन राशि हुनेहरुले पुष्पराज धारण गरे सन्तान,विद्या,धन र यशमा सफलता मिल्दै जान्छ ।
धनु लग्नमा र यदि गुरु लग्नमा छ भने पुष्पराज अथवा सुन घाँटीमा धारण गर्नुपर्दछ हाथमा होइन । यदि हातमा धारण गरिन्छ भने ग्रह कुण्डलीको तेस्रो घरमा स्थापित हुन्छ । तर ज्योतिषका अनुसार यदि जन्मपत्रिका नदेखाई आफ्नै मनले पुष्पराज धारण गरिएको छ भने हानिकारक पनि हुन सक्छ । वृषभ,मिथुन,कन्या,तुला, र मकर राशि भएकाहरुले पुष्पराज लगाउनु हुदैन ।
ओपल या हिरा– शुक्रको राशि वृषभ र तुला राशिहुनेहरुको लागि हिरा लगाउने सल्लाह दिने गरिन्छ । हिराले मालामाल पनि गर्न सक्छ । र कंगाल पनि । यसलाई धारण गर्नाले रुप,सौन्दय,यश एवं प्रतिष्ठा प्राप्त हुन्छ । यो मधुमेह रोगमा विशेष लाभदायक हुन्छ ।
रातो कितावका अनुसार तेस्रो, पाचौं, र आठौं स्थानमा शुक्र छ भने हिरा धारण गर्नुहुदैन । यसको अलावा भाँचिएका टुटेका हीरा पनि हानिकारक हुने गर्दछ । कुण्डलीमा शुक्र,मंगल, वा गुरुको राशिमा बसेको छ या यी मध्ये कुनैको एकको दृष्टि वा राशिहरुको स्थान परिवर्तन भए हीरा मारकेशले जस्तै व्यवहार गर्दछ । र व्यक्ति आत्महत्या या पापतिर अग्रसर हुन थाल्दछ ।
नीलम– शनिको राशि कुम्भ र मकर राशि हुनेहरुको लाथि नीलम लगाउने सल्लाह दिइन्छ । शनि लग्न, पंचम अथवा ११ औं स्थानमा छ भने नीलम धारण गर्नु हुदैन । तर नीलमले सगरमाथाको चुचुरोमा पनि प्र्याउन सक्छ र कंगाल पनि बनाउन सक्छ । त्यसकारण कसण्डलीको जाँच गरेर मात्र निलम धारण गर्नु उचित हुन्छ । यसले व्यक्तिमा दूरदृष्टि,कार्यकुशलता र ज्ञानलाई बढाउन मद्दत गर्दछ ।
यसले व्यक्तिलाई छिटै प्रसिद्ध बनाउछ । तर यदि नीलम अनुकुल छैन भने यसले सुरुवातमैं हात खुट्टामा ठूलो दुखाई बढाउछ । बुद्धि विपरित गराउछ । सुस्त सुस्त प्रगति गरेपनि व्यक्ति जीन्दगीमा आफैले बनाएका जालमा उल्झिन पुग्दछ ।
गोमेद– राहुको लागि गोमेद लगाउने सल्लाह दिइन्छ । गोमेद धारण गर्नाले नेतृत्व क्षमता वृद्धि हुन्छ । भनिन्छ गोमेद जादु टुनाबाट पनि रक्षा गर्दछ । अचानक लाभ दिने गर्दछ र अचानक हुने हानिबाट पनि रक्षा गर्दछ ।
लाल कितावका अनुसार राहु १२,११,५,८, र ९औं स्थानमा भए गोमेद लगाउनु हुदैन । तर जेतिषानुसार दोषयुक्त गोमेदले हानी पुर्याउन सक्छ । यसले पेटको रोग , आर्थिक हानी, पुत्रलाई हानी, व्यापार हानी , रक्त विकार र आकस्मिक मृत्युसम्म पनि हुन सक्ने बताइएको छ ।
लहसुनीया– केतुका लागि लसुनीया लगाउने सल्लाह दिइन्छ । यसलाई संस्कृतमा वैदुर्य भनिन्छ । व्यापार र काममा लहसुनीया धारण गर्नाले लाभदायक हुन्छ । यसले कसैको नजर लाग्न दिदैन । तेुस्रो र छैठौं भावमा केतु छ भने लहसुनीया लगाउनु हुदैन हानिकारक हुन्छ । ज्योतिषका अनुसार दोषयुक्त लहसुनीयाले त्यस्तै नोकसान पुर्याउछ जस्तो कि गोमेदले ।
अन्य रत्न अन्य रत्न र पथ्थरहरुको नाम यसप्रकार रहेको छ ( सुलेमानी, पत्थर, वैक्रांत, यशद, फिरोजा, अजूबा, अहवा( यो गुलाबी रंग को धब्बेदार तथा मृदु पत्थर हुुन्छ । यसलाई फर्श तथा खरल बनाउने काममा लिइन्छ ।
अबरी, अमलिया, उपल, उदाऊ, कर्पिशमणि, कसौटी, कटैला, कांसला, कुरण्ड, कुदरत, गुदड़ी, गोदंती, गौरी, चकमक, चन्द्रकांत, चित्तो, चुम्बक, जबरजद्द, जहर मोहरा, जजेमानी, झरना, टेढ़ी, डूर, तिलियर, तुरसावा, तृणमणि, दाने फिरग, दांतला, दारचना, दूरनजफ, धुनला, नरम अथवा लालड़ी, नीलोपल या लाजवर्त आदि ।
अन्य पत्थरहरु ( पनघन, हकीक, पारस, फाते जहर, फिरोजा, बसरो, बांसी, बेरुंज, मरगज, मकड़ी, मासर मणि, माक्षिक, मूवेनजफ, रक्तमणि या तामड़ा, रक्ताश्म, रातरतुआ, लास, मकराना, लूधिया, शेष मणि, शैलमणि या स्फटिक, शोभामणि या वैक्रांत, संगिया, संगेहदीद, संगेसिमाक, संगमूसा, संगमरमर, संगसितारा, सिफरी, सिन्दूरिया, सींगली, सीजरी, सुनहला, सूर्यकांत, सुरमा, सेलखड़ी, सोनामक्खी, हजरते बेर, हजरते ऊद, हरितोपल, हरितमणि आदि।
उपलब्ध सेवाहरु ः
१. जन्मपत्रिका (चिना) तथा टिप्पन लेख्ने ।
२.कम्प्यूटर प्रविधिद्वारा चिना हेरेर तपाईको शिक्षा, प्रेम, विवाह, पारिवारिक जीवन, सन्तान, व्यवसाय,विदेश,रोग,राजनितिक जीवन,सामाजिक जीवन,आय,ब्यय,शत्रु,सुख,दुःख इत्यादिका साथै सम्पूर्ण ग्रहगोचर सम्बन्धी यथार्थता प्रस्तुत गर्दै निराकरणको उपाय प्रदान गरिन्छ ।
३. पुंसवन संस्कार ,अन्नप्रासन,चुडाकर्म, ब्रतबन्ध, विवाह, रुद«ी, हवन, यज्ञ, शिलान्यास, गृहारम्भ, गृहप्रवेश, गृहवास्तु यात्रा , नयाँ कार्यको सुरुवात जस्ता सबै मुहुर्त सम्बन्धी सेवा प्रदान गरिन्छ ।
४. वास्तु शास्त्र अनुसार भूमि परिक्षण, नक्सा परिक्षणका साथै घर अफिसमा स्थान र दिशा अनुसार सामान र कार्यकक्षको परिक्षण पनि निर्धारण गरिन्छ ।
५. ग्रहरत्न (राशिरत्न), रुद«ाक्ष,यन्त्र सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिन्छ ।
६. ध्यानयोग,संस्कार, खानपान सम्बन्धी सम्पूर्ण परामर्श सेवा प्रदान गरिन्छ ।
७. ज्योतिष हस्तरेखा,वास्तु,संस्कृत भाषा,योग ध्यान र कर्मकाण्ड लगायतको प्रशिक्षण पनि दिइन्छ ।
८. पूर्वीय दर्शन सम्बन्धी शोध÷अनुसन्धान ।
९. पुस्तक,पत्रपत्रिका र पञ्चाङ्ग प्रकाशन ।
१०. जन्मकुण्डली, हस्तछाप संकलन,अध्ययन र अनुसन्धान ।
११ ज्योतिष सफ्टवेयर बिक्रिवितरण ।