सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।
दधानाहस्तपद्याभ्यां कूष्माण्डाशुभदास्तु मे ।।
शारदीय नवरात्रको चौथो दिन कूष्माण्डा माताको पूजाआराधना गरिन्छ । जगज्जननी भगवतीले आफ्नो आँसीद्वारा ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले दुर्गा देवीको नाम कूष्माण्डा रहन गएको हो । कूष्माण्डा भनेको कुभिण्डो हो। यसलाई पनि पूजन गरी बलिको रुपमा प्रयोग गर्ने गरिन्छ । जुन समयमा सृष्टि भएको थिएन ।त्यस समयमा संसार अंधकारमय थियो । यसै समयमा आदिशक्तिरूपा दुर्गादेवीको अाँसोबाट संसारको रचना भयो । कूष्माण्डा देवीले आफ्नै तेजको अंशलाई सम्पूर्ण प्राणिमा प्रक्षेपण गरेर शक्तिको संचार गर्नुभएको छ ।
आडवटा हात भएकी देवीको स्वरुप सूर्य झैं चम्किलो । कूष्माण्डा देवीको हातमा चक्र,कलश,कमलको फूल,वाण,धनुष,कमण्डलु र जपमाला छन् । आफु तेजवती भएकी हुनाले कुभिण्डो जस्तो चिसो फल कूष्माण्डा देवीलाई सबैभन्दा मनपर्ने फल हो ।
साधनाको फल
साधकहरुले यो नवरात्रको दिनमा अनाहत चक्रमा ध्यान गर्दै मनलाई स्थिर गर्दछन् । आदिशक्ति स्वरुपा भवानी देवी थोेरै समयको आराधनाबाट प्रसन्न हुनुहुन्छ । जुन शक्तिको आराधनाले दुःख कष्ट, रोग व्याधि हटेर , आयु, सन्तान,यश,कीर्ति बल प्राप्त हुन्छ । मन वचन र कर्मले माताजीको शरणागत भए संसारमा अप्राप्य विषय केही रहदैन । सबै सिद्धि र ऐश्वर्य प्राप्त हुन्छ । जीवन मरणको चक्रबाट छुटकारा दिलाउने भगवतीको पूजा गर्नाले असाद्य रोगहरु पनि निको हुदै जान्छन् । कूष्माण्डा देवीको वैदिक विधिविधानुसार मन स्थिर गरि ध्यान गर्दै पूजन गर्नुपर्दछ ।