तपाइँको नाम कुन अक्षरबाट सुरु हुन्छ? यस्तो छ तपाईको चरित्र – ज्योतिष विज्ञान

नक्षत्र

ज्योतिष विज्ञानले मानिसको नामको सुरु हुने अक्षरबाट उसको व्यक्तित्व कस्तो हुन्छ भन्ने व्याख्या गरेको छ । जस अनुसार निम्न अक्षरबाट सुरु हुने व्यक्तिको मनोविज्ञान र स्वभाव तल उल्लेख गरे अनुसार हुन्छ ।

चु चे चो ला

यी अक्षरबाट नाम भएकाहरु राजकाजी, तेजश्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान्, चतुर, धनि, पशुविशेषज्ञ , व्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुन्छन्।

लि लु ले लो

यी अक्षरबाट नाम भएकाहरु ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यवादी, विजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै विचार गर्ने, अस्थिर बुद्धि भएका हुन्छन्।

अ इ उ ए

पाप धर्मको वास्ता नगर्ने, तेजश्वी, अधिक खाने, थोरै बोल्ने, आशावादी, असल व्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने,कामुक यी अक्षरका व्यक्तिहरु हुन्छन्।

ओ वा वी वू

पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीव्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने खालको व्यक्तित्व यी अक्षरका व्यक्तिको हुन्छ।

वे वो  का की

धैर्यशील, कुशलवक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, विवेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनि, चञ्चल, विद्धान्, विदेशबाट लाभ, देशभक्त हुन्छन्।

कु ध ङ छ

यी अक्षरका व्यक्तिहरु पापात्मासँग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, व्यभिचारी, नाशवान्, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने खालका हुन्छन्।

के को हा ही

सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक विचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने खालका व्यक्तिहरु हुन्छन्।

हु हे हो हा

कार्य कौशल, बुद्धिमान, दाता, व्यापार रुचाउने, सत्यवक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन ब्यबस्थामा संलग्न रहने खालका व्यक्ति हुन्छन्।

डि डु डे डो

छल विद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दुराचारी, झुठ बोल्ने खालका व्यक्तिहरुको स्वभाव हुन्छन्। ।

मा मी मु मे

भोगी, सत्यवादी, पितृभक्त, विद्धान्, अल्पशक्ति, योजनामा सफल, धनि उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, अभिमानी, शान्त, साहसी, अरुको डाहा गर्ने,झगडालु, गम्भीर तर क्रोधी स्वभावका व्यक्ति हुन्छन्।

मो टा टी टू

पुण्यवान्, दानवीर, भ्रमणशील, चञ्चल, त्यागी, स्त्रीवंश, नृत्यप्रेमी, असल काम गर्ने, स्थिर, मुद्दा मामिलामा समय खर्च गर्ने, आशावादी, रोगी, गुप्त दुराचार गर्ने खालका व्यक्तिहरु हुन्छन्।

टे टो पा पी

लोकप्रिय, शिक्षा शास्त्री, ज्योतिषप्रेमी, अभिनेता, बुद्धिमान्, अधिक सन्तान जन्माउन रुचाउने, मधुरभाषी, पत्नीसँग बेमेल गर्ने खालको स्वभाव व्यक्तिमा हुन्छन्।

पू ष ण ठ

निर्दयी, अविश्वासी, भ्रमणशील, निडर, शान्त, क्रोधी, विज्ञानवादी, प्रभावशाली, झुठको खेती गर्ने, बिद्रोही स्वभाव, लक्ष्य साधक, राज्य सुखी, आध्यात्मिक, शत्रुनाशक व्यक्तिहरु हुन्छन्।

पे पो रा री

दयालु, पराक्रमी, व्यवसायी स्वभाव, लजालु, कलापारखी, अभ्यासी, महेनती, दक्ष, रिसाहा, स्त्री प्रेमी, लामो आयु भएका व्यक्तिहरु हुन्छन्।

रू रे रा ता

शुभ, विद्धताको कदर गर्ने, नियन्त्रक, धर्मात्मा, नेतृत्व गुणले भरिपुर्ण, प्रियभाषी, सत्यवादी, राज्यद्वारा मान प्राप्ति गर्ने, संधै प्रसन्न , धनि, स्वतन्त्र विचार, हठी, तीवर विचार शक्तिले युक्त व्यक्तित्व हुन्छन्।

ती तू ते तो

लोभी, कामुक, घमण्डी, क्रोधी अरुलाई दुख दिने, कलहप्रिय, व्यवसायिक, बुद्धि, असत्यभाषी, स्त्रीको वशमा रहने, सुन्दर मुहार, प्रभावशाली व्यक्तित्व, शक्तियुक्त स्वभावका व्यक्तित्व हुन्छन्।

ना नी नू ने

 मनैदेखि आत्मनिर्भर, भ्रमणशील, सुखी, शक्तिशाली, मान प्राप्ति, हास्य प्रिय, छली स्वभावको, स्वार्थी, क्लेश सहने सक्‍ने स्वभावको व्यक्तिको स्वभाव हुन्छ।

नो या यी यू

सन्तोषी, धार्मिक, न्यायी। स्त्री अशक्त, षडयन्त्रकारी, बनावटी, नाटककार, सुख देखाउने, सर्वेक्षणकारी, सस्तो लोकप्रियता कमाउने स्वभावको, दयालु, दानवीर भएको जस्तो हुन्छन्। 

जु जे जो खा

यी अक्षरका व्यक्तिहरुले सन्तोषी, तीव्र स्वभावको, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, विद्धतापूर्ण, धनि उच्चपदासीन, धार्मिक खालका हुन्छन्।

खी खु खे खो

परोपकारी, सद् विवेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिले युक्त, लोकप्रिय, विद्वतापूर्ण, धनि उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी स्वभावका हुन्छन्।

भू ध फा ढा

श्रेष्ठ, मित्रयुक्त, स्वाभिमानी, उपकारी, बिरोधीबाट डराउने,निरन्तर प्रगति गर्ने, प्रेमी, ईश्वरभक्त, क्रोधी, लोभी, अरुको इर्ष्या गर्ने खालका हुन्छन्।

भे भो ज जी

धार्मिक, बहुमित्र, कृतज्ञ, कुसंगतमा लाग्ने, विद्धानको कदर गर्ने, सर्वप्रिय बन्न चाहने, बिनीत, शान्त स्वभाव, दृढ सकल्पमा रहने, लजालु, निर्दयी खालका व्यक्ति हुन्छन्।

गा गी गु गे

धनवान्, संगीतप्रेमी, ठूलो परिवारको, प्रसिद्ध, उदार, रति , पिपासु, पत्नीद्वारा विरोध , लोभी प्रकृतिको हुन्छन्।

दु थ झ ञ

कम बोल्ने, निरर्थक, कम कुरा गर्ने, साहसी, भावपूर्ण, कामुक, धनी, पापी, डाहा प्रवृतीको, कमजोर खालका व्यक्तित्व हुन्छन्।

दे दो च ची

सदाचारी, विद्धान्, साहसी, निरंकुश, लोकप्रिय, निष्ठावान्, श्रद्धालु भक्तजन, निर्दयी, क्षमावान्, पत्नीभक्त, विद्धान् स्वभाव खालको स्वभाव हुन्छन्।

गो सा सि सु

सत्यभाषी, साहसी, शान्त स्वभाव, अविवेकी, निर्दयी, कठोर, कामुक, घमण्डी, कर्तव्यनिष्ठ, मेहेनती, ईर्ष्यालु खालका व्यक्ति हुन्छन्।

से सो सा दी

चतुर, धनि, लोभी, स्त्रीलाई धोका दिने, निर्लज्ज, धुर्त, भीरु, कमजोर, पापी, अज्ञात, शत्रुबाट डराउने। धोकेबाज, माता पितालाई आदर नगर्ने खालका व्यक्तित्व हुन्छन्।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *