के तपाइकाे मन चञ्चल र तनाब ग्रस्त छ ? गर्नुहोस् यी प्राणायामहरू

   प्राणायाम गर्नको लागि बिहानको समय सबभन्दा राम्रो हो। कुनै स्वच्छ, खुल्ला, एकान्त एवं शान्त स्थानमा आसन लगाएर बस्नु पर्छ। सुखसँग पलेंटी मारेर वा सादा पद्मासनमा छाती, घांटी तथा मस्तिष्क तीनै एक लाइनमा सीधा रहुन्। प्राणायामको समयमा मेरुदंड सीधा राख्नु अनिवार्य आवश्यक हुन्छ, ता कि मेरुदण्डको साथमा रहेको इडा तथा पिंगला नाडी हुंदै निर्बाध रुपमा प्राण आवागमन हुन सकोस्। 

प्राणायामलाई तीन भागमा विभक्त गरिएको छ-

(१) रेचक

(२) कुम्भक 

(३) पुरक

 कुम्भकका दुईटा भेद छन्- (अ) बाह्य कुम्भक र (आ) आन्तरिक कुम्भक। रेचक श्वास बाहिर निकाल्नु, आभ्यान्तरिक कुम्भक भित्र श्वास रोक्नु, बाह्य कुंभक बाहिर श्वास रोक्ने र पूरक श्वास भित्र लिनेलाई भनिन्छ। तल प्राणायामका केही अभ्यास दिइएको छ।

  • शक्ति बढाउनको लागि प्राणायाम
  • चिउंडोलाई कण्ठ कूप (करङको बीच छातिको माथी दुइटा व्यूटिबोनको बीचमा जोड्ने) र केह समय कुम्भक गर्ने।
  • बायाँ नातृलाई बुढि औंलाले बन्द गरेर दायाँ नातृबाट श्वास तान्ने।
  • अनामिका र कान्छी औंलाले दायाँ नातृलाई बन्द गरेर बायाँ नातृबाट श्वास बाहिर निकाल्ने।
  • अर्को प्राणायाममा यसको उल्टो गर्ने अर्थात् बायाँबाट श्वास तानेर दायाँबाट निकालि दिने।
  • हरेक प्राणायाम पछि उपर्युक्त बदल्ने क्रम राख्ने अर्थात् एक पटक दायाँबाट तान्ने र बायाँबाट छोड्ने, अर्को पटक बायाँबाट तानेर दायाँबाट छोड्ने, अर्को पटक पुन: दायाँबाट तान्ने र बायाँबाट छोड्ने।
  • मानसिक शक्ति बढाउनको लागि प्राणायाम
  • दायाँ खुट्टाको कुर्कुच्चा, बायाँ खुट्टाको जांघमाथि र बायाँ खुट्टाको कुर्कुच्चा मलद्वारमा राख्ने । चिउडोलाई छातीमा टांसेर राख्ने र आँखा बन्द गर्ने।
  • गहिरो तथा लामो श्वास तान्ने।
  • केहि बेर भित्रै रोकेर हावा बाहिर निकाल्दिने।
  • शरीरमा उष्णता बढाउनको लागि प्राणायाम
  • पहिले साधारण तरिकाले विस्तार-विस्तारै पूरक तथा रेचक गर्ने।
  • यस अभ्यासमा कुम्भकको आवश्यकता छैन।
  • क्रमशः श्वास-प्रश्वास क्रियालाई छिटो छिटो बढाउंदै जाने, यहाँसम्म कि श्वास लोहारेको पंखा जसरी चल्न थालोस्।
  • ब्रह्मचर्य पालनको लागि प्राणायाम
  • बायाँ पाउको कुर्कुच्चा सीवन (मलद्वार र अंडकोषको बिचको स्थान) मा राख्ने र दायाँ पाउको कुर्कुच्चा मुत्रेन्द्रियको माथि रहोस्।
  • सजिलोको लागि मुनि पातलो तकिया लगाउने।
  • जुन स्वर चलिरहेको छ, त्यसबाट श्वास तान्ने, अर्को प्वाललाई बन्द गर्ने।
  • केहि समय कुम्बक गर्ने जुनबाट श्वास तानिएको थियो त्यस नातृलाई बुढि औलाले बन्द गरेर अर्कोबाट श्वास बाहिर निकाल्ने।
  • श्वास तान्ने समय मलद्वारलाई एकदम खुम्च्याउने (टाइट गर्ने) कुम्भकको समय त्यसलाई टाइट गरेरै रोकिरहने र रेचकको समयलाई लचिलो छोडिदिने।
  • चित्तको एकाग्रताका लागि प्राणायाम
  • शवासन-शिथिलासनमा सुत्नुहोस्। शरीरलाई एकदमै लचिलो बनाउनुहोस्।
  • कानमा रुवा लगाएर आँखा बन्द गर्नुहोस्, जसबाट बाहिरको शब्द नसुनियोस्। दृष्टि नाकको टुप्पोमा राख्ने।
  • साधारण तरिकाले गहिरो श्वास लिने तथा छोड्ने गर्ने। बीचमा केहि समय कुम्भक पनि गर्ने।
  • पुनः आँखाका पुतलीलाई माथि चढाएर आँखि भूंईको बिचमा अर्थात् आज्ञाचक्रमा दिव्य तेजको ध्यान गर्ने।
  • केही निद्रा जस्तो आयो भने त त्यसलाई नतोड्नु होला।
  • यस अवस्थामा ‘अनाहत’ नाद सुनिन थाल्छ र ज्योति स्वरुप परमात्माको दर्शन हुनाले चित्तको एकाग्रता दिन-दिनै बढ्दै जान्छ।
  • थकाई मेटाउनको लागि प्राणायाम
  • साधारण तरिकाले पूरक गर्ने र त्यस्तै एकैछिन कुम्भक गर्ने।
  • रेचक मुखबाट गर्ने। मुख खुम्च्याएर सिट्टी बजाए जसरी हावालाई बाहिर फ्यांकिदिने।
  • पुरा हावा एक पटकमा बाहिर ननिकाली बिस्तार विस्तारै रोकिंदै तीन पटकमा बाहिर निकालि दिने।

  उपर्युक्त नौ प्राणायाम यस पुस्तकमा पाठकको लागि पर्याप्त छन्। त्यसो त अनेकौं प्रकारका प्राणायाम विभिन्न योग्यताका व्यक्तिहरुको लागी छन्, तर सर्वसुलभ प्राणायाम जसमा कुनै प्रकारको खतरा छैन र जो यस पुस्तकको आधारमा सजिलैसंग गर्न सकिन्छ त्यस्तै प्रणायाम माथि दिएको हो। साधकहरुले यसलाई नित्य अभ्यास गर्नु पर्छ। एक प्राणायामलाई जति पटक गर्नुछ त्यति गरिसके पश्चात् जब अर्को गर्नुपर्छ तब केही विश्राम लिनुपर्छ र थकान मेटाउने खालको  प्राणायाम एक-दुई  पटक गर्नुपर्छ। यी सबैलाई नित्य अभ्यास गर्नुपर्ने केही आवश्यक छैन। आफ्नो रुचि र आवश्यकता अनुसारका तीन-चार प्राणायाम छान्नु पर्छ र तिनैलाई अभ्यास गरिरहनु पर्छ। व्यायाम तथा प्राणायामको समय यदि साथ-साथै राख्नु छ भने त दुबैको बीचमा यति अन्तर राख्नुपर्छ की शरीरको उत्तेजना तथा उष्णता शान्त भएर जाओस्।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *