ग्रहको मन्त्र, देवता, जप सङ्ख्या र दान
सूर्य :ॐ घृणि:सूर्याय नम : ७,००० जप, पिहला ॐ ग्लौ पिंगले वैरिकारिणी प्रसीद फट् स्वाहा, २,००० जप
→ शिवपूजा, दानः रातो कपडा, रातो बन्दन, रातो फल, गुण, गहुँ, मसुरो, प्यू, सुन, तामा, माणिक, बुहुनी गाई, कमलको फूल, करवीर को फूल आदि ।
चन्द्रमा :ॐ सों सोमायनम : ११,००० जप, माइला ॐ ह्रीं मंगले मंगलायै स्वाहा, १,००० जप
→ देवीपूजा, दानः सेतो कपडा, चामल, सेतो चन्दन, सेतो फूल, चिनी, प्यु, वही, शड्ख, जनै, सेतो चमर, सुन श्रीखण्ड, मोती, चाँदी, कपुर आदि।
मंगल : ॐ अं अङ्गारकायनम: १०,००० जप, भ्रामरी ॐ भ्रामरी जगतामधीश्वरी धामरी क्ली स्वाहा, ४,००० जप
→ गणेशपूजा, बानः रातो कपडा, रातो चन्दन, रातो फल, गुण, गहुँ, मसुरो, मुगा, तामा, कस्तुरी, बुहुनी गाई, चामल, करवीरको फूल, भूमिदान आदि ।
बुध:ॐ बुं बुधाय नम: ८,००० जप, भविका ॐ भब्रिके भद्रं देहि अभद्र नाशय स्वाहा, ५,००० जप
→ विष्णुपूजा, दानः हरियो कपडा, काँशको पात्र, घ्यु, मुझको बाल, हरियो फूल, कपुर, पन्ना, हात्तीको दाँत, चाँदी, कस्तुरी, सुन आदि ।
बृहस्पति:ॐ बृं. बृहस्पतये नम: १९,००० जप, धान्यिका ॐ श्री धनदे धान्यै स्वाहा, ३,००० जप
→ कुलदेवतापूजा, दानः पहेंलो कपडा, फलफूल, बेसार, पुस्तक, छाता, सुन, पुष्पराज, मह, घोडा, पहेंलो धान, नुन, चिनी, नवरत्न आदि ।
शुक्र:ॐ शुँ शुक्रायनम : ११,००० जप, सिद्धा ॐ ही सिद्धे मे सर्वमानसं साधय स्वाहा, ७,००० जप
→ इन्द्राणीपूजा, दानः छिर्केमिर्क कपडा (बुट्टे), चामल, ध्यू, दही, बुध, शख्खर, सुगन्धित तेल, सेत्तो बन्दन, चाँदी, सुन, श्रीखण्ड, गाई, हिरा आदि ।
शनि:ॐ शं शनैश्चराय नम: २३,००० जप, उल्का ॐ उल्के मम रोग नाशय जुम्भय स्वाहा, ६,००० जप
→ देवीपूजा, दानः कालो कपडा, गहत, मास, तेल, तिल, फलाम कालो जुत्ता, ऊन, कालो फूल, सुन, कालो छाता, निलम, भैंसी आदि।
राहु :ॐ रां राहवे नम: १८,००० जप, संकटा ॐ ही संकटे मम रोग नाशय स्वाहा, ८,००० जप
→ भैरवपूजा, दानः कालो कपडा, गहत, मास, तेल, तिल, फलाम, कालो जुत्ता, कालो फूल, कालो छाता, सुनको नाग, कम्बल, गोमेद आदि ।
केतु :ॐ कें केतवे नम: ७,००० जप, विकटा ॐ नमो भगवती विकटे वीरपालिके प्रसीद, प्रसीद, ४,००० जप
→ भैरवपूजा, दानः ध्वाँसे कपडा, गहत, मास, तेल, तिल, फलाम, कालो जुत्ता, कालो फूल, सुन, कालो छाता, कस्तुरी, सुपारी, ऊनीको कपडा, नाग, गाई, लहसुनिया ।
नोट : सम्भव भएमा योगिनी दशाहरुको २७,००० जप गर्नु उत्तम हुन्छ ।
मंगला : ॐ ह्रिं मंगले मंगलायै स्वाहा ।
पिंगला : ॐ ग्लौं पिंगले वैरिकारिणि प्रसीद फट् स्वाहा ।
धान्यका : ॐ श्रीधनदे धान्यै स्वाहा ।
भ्रामरी : ॐ भ्रामरि जगतामधीश्वरि भ्रामरि क्लीं स्वाहा ।
भद्रिका : ॐ भद्रिके भद्रं देहि अभद्रं नाशय स्वाहा ।
उल्का : ॐ उल्के मम रोगं नाशय जृम्भय स्वाहा ।
सिद्धा : ॐ ह्रीं सिद्धे मे सर्वमानसं साधय स्वाहा ।
संकटा : ॐ ह्रीं संकटे मम रोगं नाशय स्वाहा ।
विकटा : ॐ नमो भगवति विकटे वीरपालिके प्रसीद, प्रसीद ।
ग्रह अनुसारको रत्न
माणिक : सूर्य, ताम्र, पञ्चधातु वा सुनको औंठी दाँया हातको साँहिली औंलामा सूर्य मन्त्रद्वारा मन्त्रणा गरेर आइतबार शुभ मुहूर्तमा लगाउने ।
मोती : चन्द्रमा, चाँदीको औंठी दाँया हातको कान्छी औंलामा चन्द्र मन्त्रद्वारा मन्त्रणा गरेर सोमबार शुभ मुहूर्तमा लगाउने ।
मुगा : महल, ताम्र, पञ्चधातु वा सुनको औंठी दाँया हातको साहिली औंलामा मङ्गल मन्त्रद्वारा मन्त्रणा गरेर मालबार शुभ मुहुर्तमा लगाउने ।
पन्ना : बुध सुन बा पञ्चधातुको औंठी वायाँ हातको कान्छी औंलामा बुध मन्त्रद्वारा मन्त्रणा गरेर बुधबार शुभ मुहूर्तमा लगाउने ।
पुष्पराज : बृहस्पति, पञ्चधातु वा सुनको औंठी दाँया हातको चोरी औंलामा गुरु मन्त्रद्वारा मन्त्रणा गरेर बिहीबार शुभ मुहूर्तमा लगाउने ।
ओपल : शुक्र, पञ्चधातु वा सुनको औंठी दाँया हातको कान्छी वा चोरी औंलामा शुक्र मन्त्रद्वारा मन्त्रणा गरेर शुक्रबार शुभ मुहूर्तमा लगाउने ।
निलम : शनि, फलाम, पञ्चधातु वा सुनको औंठी दाँया हातको माझी औंलामा शनि मन्त्रद्वारा मन्त्रणा गरेर शनिबार शुभ मुहूर्तमा लगाउने ।
गोमेद : राहु, फलाम, पञ्चधातु वा सुनको औंठी दाँया हातको माझी औंलामा राहु मन्त्रद्वारा मन्त्रणा गरेर शनिबार शुभ मुहूर्तमा लगाउने ।
लहसुनिया : केतु, फलाम, पञ्चधातु वा सुनको औंठी वायाँ हातको माझी औंलामा केतु मन्त्रद्वारा मन्त्रणा गरेर शनिबार शुभ मुहुर्तमा लगाउने ।

