हस्तरेखा परामर्श

हस्तरेखा

हस्तरेखाको बारेमा सर्बप्रथम स्पष्ट र सुअंकित हुनुपर्दछ भन्ने नियम छ । यो चौडा पनि हुनुहुदैन र पहँेलो रंगको पनि हुनुहुदैन यो टुटफुट रहित वहद्विप रहित र कुनैपनि प्रकारको अनियमितता रहित हुनुपर्दछ । निकै पहेले रंगको रेखाले सुदृढ स्वास्थ्यको कमीलाई जनाउँछ तथा स्फूर्ति एवं निर्णय लिने क्षमताको कमिलाई प्रकट गर्दछ यदि यो रातो रंगको भएमा व्यक्ति उत्साही आशावादी सक्रिय एवं फुर्तिलो स्वभावको हुन्छ । यदि रेखा हल्का पहेलो रंगको छ भने यस्तो व्यक्तिको प्रकृति पित्त प्रधान हुन्छ । यसको कलेजोमा विकार आउने सम्भावना रहन्छ । यदि रेखा गहिरो रंगको या लगभग कालो छ भने व्यक्ति गंभिर तथा उदासिन हुन्छ । उसको स्वभाव हठिलो एवं त्यजिलो हुन्छ । उ बदला लिने तिव्र भावनावाला एवं कहिल्यै पनि क्षमा नगर्ने स्वभावको हुन्छ ।

हातका रेखाहरु  :-

हातमा सातओटा प्रधान रेखा हुन्छन् र सातओटा नै सहायक अरु रेखाहरु हुन्छन् ।
निम्नलिखित रेखाहरुलाई प्रधान मानिन्छ ।

१. जीवनरेखा जुन शुक्रक्षेत्रलाई घेर्दछ ।
२. मस्तिष्क रेखा जुन हत्केलाको एक कुनाबाट अर्काे कुनासम्म जान्छ ।
३. हृदय रेखा यो औंलाको फेदको तलबाट मस्तिष्क रेखासंग समानान्तर चल्दछ ।
४. शुक्र मुद्रिका यो हृदय रेखाको माथि हुन्छ । प्राय सूर्य तथा शनि क्षेत्रलाई घेर्दछ ।
५. स्वास्थ्य रेखा यो बुध क्षेत्रबाट प्रारम्भ भएर हातको तलतिर जान्छ ।
६. सूर्यरेखा यो हत्केलाको मध्य क्षेत्रबाट प्रारम्भ भएर सूर्यक्षेत्रसम्म जान्छ ।
७. भाग्यरेखा यो हत्केलाको मध्यभागमा हुन्छ । एवं मणिबन्धबाट प्रारम्भ भएर शनिक्षेत्रसम्म पुग्दछ ।
अरु सात रेखाहरु
१. मंगल रेखा यो प्रथम मंगलक्षेत्रबाट आरम्भ भएर जीवनरेखाको भित्री भागतर्फ जान्छ ।
३. वासना रेखा यो स्वास्थ्य रेखाको समानान्तर नै चल्दछ ।
३. अतिन्द्रिय प्रतिभा रेखा यो एक अर्धवृत्तको रुपमा बुध क्षेत्रबाट चन्द्रक्षेत्रसम्म जान्छ ।
४. विवाह रेखा यो बुध क्षेत्रमा एक सानो तेस्रो रेखाको रुपमा हुन्छ ।
५. तीन मणिबन्ध रेखा यो मणिबन्धमा हुन्छ । मुख्य रेखालाई अरु नामबाट चिनिन्छ जुन निम्नलिखित छन् ।

जीवन रेखालाई शक्तिरेखा पनि भनिन्छ । मस्तिष्क रेखालाई प्राकृतिक एवं प्रशंसा रेखा पनि भन्दछन् ।
हृदय रेखालाई अर्तवरेखा पनि भनिन्छ । भाग्य रेखालाई प्रारब्ध रेखा पनि भन्दछन् । सूर्य रेखालाई प्रतिभा रेखा या अपोलो रेखा पनि भन्दछन् । स्वास्थ्य रेखालाई यकृत रेखा पनि भन्दछन् । हातलाई मस्तिष्क रेखाबाट दुई भागमा विभाजन गरिएको हुन्छ । माथिल्लो भागमा औंलाहरु तथा वृहस्पति , शनि, सूर्य,बुध एवं मंगलको क्षेत्र हुन्छ । यस भागले बौद्धिक तथा मानसिक क्षमताको प्रतिनिधित्व गर्दछ । दोस्रो भाग जुन मस्तिष्क रेखाभन्दा तलदेखि मूल स्थानसम्म जान्छ । त्यो भौतिक अर्थात् सांसारिक भावनाको प्रतिक हुन्छ । अतः यो स्पष्ट नै छ कि यो दुई भागलाई आफ्नो मार्गदर्शक बनाएर हस्त विज्ञानको छात्रले कुनै व्यक्तिको स्वभावको सम्बन्धमा जानकारी प्राप्त गर्न सक्दछ । यस विभाजन तर्फ अहिले सम्म अधिक ध्यान दिइएको छ । तर यसको निकै महत्व छ । उदाहरणको लागि यदि व्यक्तिको मनोबृत्ति पहिल्यै देखि हिंसात्मक भएमा मस्तिष्क रेखा असाधारण स्थितिमा निस्कन्छ ।

हात हेर्दा ध्यान दिनुपर्ने कुरा

हात हेर्दा यो पनि ध्यानमा राख्नुपर्द कि रेखाहरु बन्दछन् मधुरो हुन्छन् तथा मेटिन्छन यस्तो अवस्थामा हात हेर्नेको कर्तव्य भनेको त्यस व्यक्तिको शुभ एवं अशुभ लक्षणलाई हेरेर त्यसको अनिष्टकारी प्रबृक्तिको कारण आउने संकट देखि उसलाई सावधान गर्ने हो, फेरी यो त्यो ब्यक्तिको इच्छामा निर्भर गर्भ गर्दछ । कि उ आफ्नो ती प्रवृत्तिमाथि काबु पाउन सक्छ वा सक्दैन ? यदि आफ्नो भुतकालमा उसले यस्तो गर्न सकेको छैन भने त हात हेर्नेले यो पनि बताउन सक्छ कि उ भविष्यमा यसो गर्नमा समर्थ हुन सक्छ कि सक्दैन ? हात हेर्दा कुनैपनि एउटै अशुभ लक्षणलाई निर्णायक बनाउनु हुदैन यदि अशुभ लक्षण महत्वपूर्ण छ भने त प्रत्येक प्रमुख रेखाले त्यसको लक्षणलाई दर्शाउने छ । कुनैपनि निर्णय लिनुभन्दा पहिले दुबै हातलाई हेर्नु आवश्यक हुन सक्छ । केवल एक लक्षण प्रबृत्तिको सूचक हुन्छ तर जब त्यस लक्षणको पुष्टि अरु रेखाबाट पनि भएमा खतरालाई चिश्चित मान्नु पर्दछ । के व्यक्तिले हातद्वारा प्रर्दर्शित संकटबाट बच्न सक्दछ त ? भन्ने सवालमा मेरो जवाफ छ कि उ चिश्चित रुपले बच्न सक्छ । तर म त्यतिनै निश्चयसंग यो पनि भन्न सक्दछु कि उनीहरु कमै प्रयत्न गर्दछन् । मैले आफ्ना अनुभवमा यस्ता सयौं मामला देखेको छु । जब व्यक्तिलाई आगामी संकटको चेतावनी दिइएको थियो तर उसले धेरै पछिसम्म पनि त्यसलाई मानेन फलस्वरुप संकटको सिकार बन्न पुग्यो ।

जब कुनै प्रमुख रेखा जस्तै मस्तिष्क रेखा या जीवनरेखासंग कुनै सहायक रेखा जान्छ त प्रधान रेखालाई बल मिल्दछ । एवं संकट टर्न सक्दछ । कुनै रेखा गोपुच्छ आकारमा खत्तम हुन्छ भने त्यसमा कमजोर एवं विनाशको प्रतिक भन्ने बुझ्नु पर्दछ । यदि यस्तो आकार जीवनरेखाको अन्त्यमा भएमा व्यक्तिको स्नायु तन्त्र कमजोर एवं प्राय नष्ट हुन जान्छ । कुनैपनि रेखाबाट माथिल्तिर उठेको हाँगाले त्यस रेखामा शक्ति प्रदान गर्दछ । जबकि तल्तिर जानेवाला हाँगाले यसको विपरित फल मिल्छ ।