ब्रह्मचारिणीको पूजा ‘वन्देस्तुभ्यं तपोब्रह्म ‘ अर्थात् वन्दे अर्थ र तप भनेर ब्रह्म शब्दको अर्थ गरेको देखिन्छ। हिमालयका घरमा पुत्रीका रुपमा उत्पन्न भएकी शैलजा माताले नारदको उपदेश अनुसार भगवान शंकरलाई पतिको रुपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभयो एक हजार वर्षसम्म फलफुलमात्र खाएर,सयवर्ष सम्म सागमात्र खाएर , कयौं दिनसम्म निराहार भएर , झरी बादल वर्षा केही नभनिकन […]
Category: news
आजबाट दशैं प्रारम्भ यसवर्षको घटस्थापना जमरा राख्ने साइत –
आश्विन शुक्लप्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरि देवीदेवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर या आफूँलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा […]
मैले यति दिँदा त्यसले मलाई के देला ? यो दान होइन; सौदागिरी हो ।
अाचार्य खेमराज केशवशरणदान जीवनमा परिपालन गर्नुपर्ने यस्तो नैतिक मूल्य हो जसबाट मानव अमृततङ्खवको भागी बन्न सक्तछ । दान कुन मनस्थितिले गरिनु पर्दछ ? कस्तो दान आत्मालाई वन्धनमुक्त गराउने हुन्छ ? त्यसबारे मनन गर्न जरुरी छ ।दान मानवीय चरित्रभित्रको कोमलतालाई व्यक्त गर्ने तथा करुणालाई प्रस्फुटन गराउने महत्तम मूल्य हो । व्यक्तिले समाजप्रति व्यक्त गर्ने सर्वोत्तम उपहार […]
मघा त्रयोदशी पर्दा श्राद्ध गर्न मिल्छ वा मिल्दैन ?
प्रा.डा. देवमणि भट्टराई श्राद्धको महत्त्व आश्विन महिनाको कृष्णपक्षलाई पितृपक्ष वा महालय पक्ष भन्दछन्। यस पक्षमा पितृहरू आफ्नो जीवित सन्तान वा श्राद्धकर्ताको ढोकामै आइपुग्छन्। पितृपक्षमा श्राद्ध गर्ने कर्तामा आश्रित भएर उसका पितृहरू घरको ढोकामा आएर बसिरहेका हुन्छन्। त्यसमा पनि समस्त पितृहरूले कर्ताको पितालाई मुख्य व्यक्ति बनाएर यसले (कर्ताले) श्राद्ध कहिले गर्ला भनेर बाटो हेरिरहेका हुन्छन्। पितृहरूको […]
विश्वकर्मा को हुन् र किन पूजा गर्ने ?
मानिस सामाजिक प्राणी हो । अतः समाज सुधार , रक्षा एवं अभ्यूदयको काम त्यतिखेर मात्र यथार्थतामा परिणत हुन सक्छ, जतिबेला हामी धार्मिक मर्यादालाई पूर्ववत् कायम राख्न सक्छौं । मान्छे र समाजको सम्बन्ध देवता एवं दानव दुबैसँग उत्तिकै रहेको छ । किन की सृष्टिको आरम्भदेखि नै देवता र दैत्य दुबैले यसको सन्तुलन बनाइरहेका छन् । साथ […]
सोह्रश्राद्ध के हो र कसरी गरिन्छ ? यसका नियमहरू के–के छन् ?
पितृपक्ष अर्थात् सोह्रश्राद्ध । १६ दिनसम्म हाम्रा पितृहरु पृथ्वीलोकमा आउने समय । यहि कारणले गर्दा देवघाट,गोकर्णेश्वर र रिडी आदि धार्मिक स्थलहरुमा भारी रुपमा श्राद्ध गर्नेहरुको भीड देख्न सकिन्छ । भनिन्छ यहाँ पितृहरुको पिण्ड एवं तर्पण गर्नाले पितृहरुको मोक्ष हुने गर्दछ । तर के कारण छ जसले गर्दा सोह्रश्राद्धको समयमा यी स्थानहरुको महत्व अझै बढेर जान्छ […]
प्रेम र स्नेहको पर्व – हरितालिका तीज
सनातन हिन्दू संस्कृतिका विविध पक्षमध्ये गार्हस्थ जीवन चलाउने सशक्त पक्ष हो। वैवाहिक जीवनको सार्थकताका निम्ति हाम्रो संस्कृतिमा विभिन्न प्रकारका आधारशिलाहरु रहेकाछन्। पति-पत्नीबीचको सम्बन्धलाई सशक्त बनाउन हाम्रो संस्कृतिमा विभिन्न नियम र परिधिहरु छन् । सुख आत्मिक शान्ति, आपसी सद्भाव,परस्पर समन्वय, व्यवहारिक संयोजन परिपालन र विश्वासको आधार खडा गर्न अनुकुल र उपयोगी हुने विधि-विधान नै हाम्रो संस्कार […]
ऋषिमुनिहरुको उपहार हो वास्तुशास्त्र
विज्ञान र प्रविधिको विकासले मानव जीवनलाई धेरै सुखी र सहज बनाएको छ। विगतमा घण्टौ लगाएर गरिने कार्य आज सेकेन्डमा सकिदैछ। वैज्ञानिकहरुले नयाँ-नयाँ खोज र अनुसन्धान गरिरहेका छन् ।मानिसका इच्छा,आकाङ्क्षा थपिदैछन् ।जनसंख्या तीव्र गतिमा बढिरहेको छ,भूगोल उस्तै छ ।झन्झन् विभिन्न प्रदुषण जस्तैः-ध्वनि,वायु,जल,भूमि प्रदुषण बढिरहेको छ । बाहिरबाट देख्दा अत्यन्त खुसी देखिएको मानिस भित्र भित्र निराश र […]
मंगलीदोष र तीनका प्रकार
मंगललाई उग्र र कडा प्रवृत्तिको ग्रह मानिन्छ । त्यसैले मंगलको दुष्प्रभावप्रति प्रायः जातक संत्रस्त रहन्छ । मंगलकै कारण प्रायः विभिन्नखालको अपराध, हत्या, हिंसा, घटना, दुर्घटना, रक्तविकार, रक्तश्राव, वैमनस्य, शत्रुभाव, अधीरता, आवेग, उद्विग्नता,व्यग्रता,अस्वाभाविक मृत्यु, कष्ट , वैधव्य, वैवाहिक सुखको अभाव र सम्बन्धविच्छेदका साथै अविवाहितै रहनसक्ने अवस्थासम्म आउन सक्छ,मंगलदोषले विवाहमा विलम्ब,विघटन,संघर्ष र अशान्ति दिनसक्छ । त्यसैगरी दाम्पत्यमा […]
रुद्राक्षको लक्षण र त्यसलाई धारण गर्नाले मिल्ने फाइदाहरु
रुद्राक्षमा देखिने ठाडा धर्सा जुन माथिल्लो स्थान देखि तल्लो भागसम्म पूर्ण अविच्छिन्न रुपमा देखिन्छ,त्यही धर्सालाई मुख भनिन्छ, मुख अनुसार रुद्राक्ष धारणको भिन्न भिन्न महत्व र काम हुने गर्दछ । पौराणिक र प्रचलित मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ । रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता वृद्धि […]

