रत्न वैदिक ज्योतिषशास्त्रमा देवगुरु, विद्या, ज्ञान र अध्यात्मका प्रतीक मानिने बृहस्पति ग्रहको प्रतिनिधित्व गर्ने एक अत्यन्तै पवित्र र प्रभावशाली रत्न हो। कुण्डलीमा बृहस्पति ग्रह कमजोर वा पीडित अवस्थामा हुँदा उत्पन्न हुने बौद्धिक सुस्तता, शिक्षामा बाधा र भाग्यमा अवरोध जस्ता नकारात्मक प्रभावलाई हटाएर शुभ फल प्राप्त गर्न पुष्पराज धारण गर्ने गरिन्छ। यो रत्न धारण गर्नाले मानिसमा उच्च विद्या, ज्ञान, अध्यात्मप्रतिको रुचि, विवेक, धार्मिक निष्ठा र पारिवारिक सुख-शान्तिमा वृद्धि हुन्छ। विशेष गरी वैवाहिक जीवनमा मधुरता ल्याउन, सन्तान सुख प्राप्त गर्न र समाजमा उच्च मान-सम्मान एवं प्रतिष्ठा कायम राख्न यो रत्न अत्यन्तै फलदायी मानिन्छ। पुष्पराजलाई पन्चधातु वा सुनको औंठीमा बिहीबारको दिन सूर्योदयको समयमा सम्भव भएमा गुरुबाट रत्न प्रतिष्ठा गरेर अन्यथा बृहस्पतिको बीज मन्त्र ॐ बृं बृहस्पतये नमः कम्तिमा १०८ जप गरी दाहिने हातको चोरी औंलामा (Index Finger) ) धारण गर्नुपर्दछ |
रत्नहरू प्रायः राशि अनुसार, जन्मलग्न कुण्डली अनुसार र अहिले चलेका दशा अनुसार पनि लगाउने गरिन्छ। तथापि, केवल सामान्य राशि अनुसार भन्दा एकपटक ज्योतिष गुरुसँग परामर्श गरेर जन्मलग्न कुण्डली अनुसार लगाउनु अझ उत्तम हुनेछ।
धारण गर्ने विधि
बृहस्पति, पञ्चधातु वा सुनको औंठी दाँया हातको चोरी औंलामा गुरु मन्त्रद्वारा मन्त्रणा गरेर बिहीबार शुभ मुहूर्तमा लगाउने ।