ज्योतिष शास्त्र अन्तर्गत प्रत्येक मनुष्यलाई तीन श्रेणीमा बाँडिएको छ। जसलाई गणको आधारमा निर्धारित गरिन्छ । यी तीन श्रेणीमा देव गण, मनुष्य गण र राक्षस गण पर्दछ । गणको आधारमा मनुष्यको स्वभाव र चरित्रबारे पनि बताइएको हुन्छ ।
नक्षत्र:-
ज्योतिष शास्त्रका अनुसार जन्मको समयमा नक्षत्रको उपस्थितिको आधारमा व्यक्तिको गण निर्धारित हुन्छ ।
(क) देव गण
जो मानिस देव गणबाट सम्बन्ध राख्छन् उनीहरु दानी, बुद्धिमान, कम खाने र कोमल हृदयका हुन्छन् । यस्ता व्यक्तिको विचार निकै उत्तम हुन्छ भने उनीहरु आफ्नोभन्दा बढि अरुको हितबारे सोच्ने गर्दछन् ।
(ख) मनुष्य गण
जसको सम्बन्ध मनुष्य गणसँग हुन्छ, उनीहरु धनवान् हुनुका साथै धनुर्विद्याका राम्रा जानकार हुन्छन् । उनीहरुका आँखा ठूल्ठूला हुन्छन् र उनीहरुले समाजमा ठूलो सम्मान पाएका हुन्छन् र अरु मानिसहरुले पनि यस्ता व्यक्तिको कुरालाई आदर र सम्मान गर्ने गर्दछन् ।
(ग) राक्षस गण
तर जब राक्षस गणको कुरा आउँछ धेरै मानिसहरु उनीहरुको नाम सुनेर नै डराउने गर्दछन् । तपाईंमध्ये कतिले आफ्नो चीना देखाउँदा तपाईंको पनि राक्षस गण भएको थाहा पाउनुभएको होला तर यसमा तपाईं डराउनुपर्ने कुरा केही पनि छैन । मानिसहरुले यसलाई गलत रुपमा अर्थ्याएर मानिसहरुलाई भ्रममा पार्ने गर्दछन् जुन ठिक होइन । हो, यसको विशेषता थोरै भिन्न र विशिष्ट रहेको छ ।
हाम्रो वरिपरि विभिन्न प्रकारका शक्ति हुन्छन् तीमध्ये केही नकारात्मक हुन्छन् भने केही सकारात्मक । ज्योतिष विद्याका अनुसार जो मानिसहरुको सम्बन्ध राक्षस गणसँग हुन्छ, उनीहरु आफ्नो वरिपरि भएको नकारात्मक शक्तिलाई पहिचान गर्न सक्छन् । उनीहरुलाई नराम्रो शक्तिको आभाष अपेक्षाकृत चाँडै हुन्छ ।
राक्षस गणका व्यक्तिहरुको छैटौँ इन्द्रियले निकै राम्रोसँग काम गर्दछ । यस्ता मानिसहरुको अगाडी नकारात्मक स्थिति पैदा हुन्छ तब उनी भयभीत हुनुको साटो त्यस्ता स्थितिको सामना डटेर गर्दछन् । राक्षस गण हुनेहरु साहसी र बलियो इच्छाशक्ति भएका हुन्छन् । उनीहरुको जीवनशैली स्वच्छन्द हुन्छ ।
नक्षत्रको भूमिका
ज्योतिष शास्त्रमा जन्मको समयमा रहेको नक्षत्रको भूमिका निकै ठूलो हुने गर्दछ । तपाईं कुन ग्रह अन्तर्गत जन्मिनुभएको छ, कुन राशीको अधिनमा आउनुहुन्छ र तपाईंको जन्मको नक्षत्र के थियो? यो कुरा तपाईंको पूरा जीवनको रूपरेखा खिच्ने गर्दछ ।
कुन नक्षत्रमा जन्मेका मानिसहरु राक्षस गणका हुन्छन् ?
नक्षत्रः
अश्लेषा, विशाखा, कृत्तिका, मघा, ज्येष्ठा, मूल, घनिष्ठा र शतभिषा नक्षत्रमा जन्मिएका मानिसहरु राक्षस गणको अधिनमा भएको मानिन्छन् ।