पोखरा,
ताण्डव न्यूज
चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन २०७५ बाट ज्योतिष, वास्तु तथा सांगठनिक क्षेत्रमा योगदानको उच्च मूल्यांकन गर्दै ज्योतिष ‘कला भूषण’बाट कमल पौडेल ‘शास्त्री’ सम्मानित भएका छन् ।
सोही अवसरमा ज्योतिष ‘सागर अवार्ड’बाट शिवराज रेग्मीलाई सम्मान गरिएको थियो ।
ज्योतिष भूषण अवार्डबाट सम्मानति पौडेल दक्षिण एसियाली ज्योतिष महासंघ रासको उपमहासचिव र नेपाल ज्योतिष परिषद प्रदेश ४ को महासचिव हुन् ।
रेग्मी विश्व ज्योतिष महासंघ र ज्योतिष परिषदमा आवद्ध छन् । साथै रेग्मीले नेपाल भेडिक्स एस्ट्रोलोजर सेन्टरमार्फत दुई सय जनालाई रोजगारी दिएका छन् ।
जेठ १२ र १३ गते पोखरामा भएको सम्मेलनमा ११ देशका ८ सय प्रतिनिधिले सम्मेलनमा भाग लिएका थिए । सम्मेलनमा सहभागी ज्योतिष वास्तु तथा तन्त्र विधामा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।