गाई सर्वश्रेष्ठ प्राणी हो|

गाई सम्पूर्ण नेपालीहरूको राष्ट्रिय सम्पत्ति हो । सनातन संस्कृति अनुसार यस ब्रह्माण्डमा ८४ लाख योनी छन् । ती मध्ये पर्यावरण एवं जैविक विविधताका लागि सर्वश्रेष्ठ प्राणी गाई नै हो । गाईको महत्त्वकाे वर्णन वैदिक कालदेखि नै गरिदै आएको छ । गाई र मानव जीवन अभीन्न अङ्ग हुन् । मातरः सर्वभूतानां गावः सर्वसुखप्रदा। गवो यज्ञस्य हि फलं गोषु यज्ञाः प्रतिष्ठिताः, ।। यदगृहे दुःखिता गावः सयाति नरकं नरः। एतद् वै विश्वरुपम् सर्वरुपं गोरुपम्, गावो विश्वस्य मातरम् ।। आदिवाक्यहरूको गाईलाई जन्मभूमि एवं माताको समान स्थान दिएका छन् । वेदमा गाईको बारेमा धेरै वर्णन छ ।

वैदिक हिन्दु संस्कृतिका हरेक कार्यहरु गाईसँग जोडिएका छन् मानिसको जन्मदेखि मृत्युपर्यन्त गरिने सम्पूर्ण देवकार्य एवं पितृकार्यहरु गाईको हव्य र कव्य विना अपूर्ण छन् । शास्त्रमा जहाँ–जहाँ गोवंश खुसी रहन्छन् त्यहाँका सम्पदाहरु प्रफुल्लित भएर यथेष्ट फल प्रदान गर्दछन् तथा जहाँ गोवंश दुःखी रहन्छन् । त्यहाँका सम्पदाहरु दुःखी भएर प्रतिकुल परिस्थिति श्रृजन गर्दछन् भनेर पर्यावरणमा गाईको महत्त्वपूर्ण भूमिका भएको सङ्केत पाइन्छ ।

त्यस्तै गाईको गोबरले लिपपोत गर्नाले सम्पूर्ण कीटाणुहरु नाश हुने तथा हवन गर्नाले सारा व्याक्टेरिया नष्ट भई पर्यावरण शुद्ध हुने कुरा हिन्दु संस्कृतिको अलावा विश्वका विकसित देशका वैज्ञानिकहरुले पनि प्रमाणित गरेको छन् । यसरी गाई आफ्नो अस्तित्व जोगाउदै पूजिदै आएको छ ।


नेपालको इतिहासलाई हेर्दा तत्कालीन शोणितपुर राज्य (वर्तमान नेपाल) को कैलाशमा रहेर नन्दी (साँडे) लाई आफ्नो वाहन बनाएर हिड्ने भगवान शिवजीले करौडौँ गोवंश पालन गरेर पशुपतिनाथको उपाधि प्राप्त गर्नु भएको हो । त्यस्तै दीलिप राजाको गोसेवाद्वारा नै आफ्नो वंश बिस्तार भएर भगवान श्रीरामको अवतार भएको छ । भगवान श्रीकृष्ण गोपालन गर्नका लागि नै यस धर्तीमा अवतरण हुनु भएको छ । गोरक्षनाथ, गोपालवंशीय राजा आदिलाई हेर्दा नेपालको कृषि, अर्थतन्त्र, संस्कार,संस्कृति एवं राष्ट्रियता श्रृष्टि कालदेखि नै गाईमा आधारित थियो । जबसम्म नेपालको कृषि गोपालनमा आधारित थियो तब सम्म देशमा खाद्यान्नको सङ्कट थिएन । जब नेपालमा अनेकौ रासायनिक मल एवं कीटनासक औषधी भित्रियो तब देशमा खाद्यान्न सङ्कटको साथमा रोग शोक एवं भोगको बीजारोपण भयो ।


गाई र कृषिको अन्योन्याश्रित सम्बन्ध छ । वैज्ञानिक अनुसन्धान अनुसार माटोलाई चाहिने सम्पूर्ण आवश्यक तत्त्वहरू केवल गोमूत्र एवं गोबरमा मात्र विद्यमान छन् । गोमूत्र एवं गोबर प्रयोगद्वारा मात्र बिषाक्त एवं बञ्जर हुदैं गएको भूमिलाई शुद्ध एवं उर्वर बनाउन सकिन्छ ।संसारमा गाईमात्र एउटा यस्तो प्राणी हो जसको मलमूत्र पनि औषधीय प्रयोगमा आउँछ । आयुर्वेदमा जति पनि शुद्धीकरणका विधि छन् ती सबै गोमूत्रबाट गरिन्छ । आयुर्वेदका सञ्जीवनी, शीलाजीत आदि जस्ता शक्तिवर्धक औषधिमा गोमूत्रको प्रयोग गरिएको हुन्छ । विश्वका सम्पूर्ण चिकित्सा प्रणालीहरुको आधार मानिने सुश्रुत संहितामा केवल गोमूत्र सेवन गरेर १०८ रोगहरु निर्मूल पार्न सकिने उल्लेख छ । हामीले पनि हजारौं रोगीहरुलाई गोमूत्र चिकित्सा पद्धतिबाट स्वस्थ बनाएका उदाहरण हाम्रै सामु छन् । गाईको दुधमा भिटामिन ए, बी, सी, डी, ई, के खनिज लवण आदि प्रचुर मात्रामा पाइन्छ जो अन्य प्राणीको दुधमा पाइदैन गाईको दुध, दही, घ्यू सबै उमेर वर्ग एवं रोगीहरुका लागी अमृत तुल्य मानिन्छ । Indian Medical council हालै गरेको सर्वेक्षेण अनुसार गाईको मूत्रमा क्र्युमीन नामको तत्त्व पाइन्छ । जसले क्यान्सरलाई ठीक गर्दछ भनेर प्रमाणित गरेको छ । यसैलाई आधार मानेर भारतमा कैयन क्यान्सार रिसर्च सेन्टर खुलेका छन्, जहाँ गोमूत्र चिकित्सा पद्धतिबाट नै क्यासरको उपचार गरिन्छ । गाईको दुध, दही, घीउ, गोबर, गोमूत्र प्रयोगबाट नै पर्यावरण शुद्ध एवं बिषमुक्त बन्न सक्दछ भने, व्यक्ति निरोगी बलवान् एवं दीर्घायु बन्दछ। जसको प्रत्यक्ष उदाहरण हाम्रा पुर्खाहरु हुन् ।


कुनै पनि प्राणीको हत्या गर्नु मानवीय गुण धर्म भित्र पर्देन । प्रकृतिको कानुनमा हरेक प्राणीलाई बाँच्ने स्वतन्त्र अधिकार छ । प्राणीलाई पनि भोक, प्यास, एवं पीडाले सताउँछ जसरी मानवलाई बिरामी हुँदा, चोट लाग्दा, काट्दा दुःख्छ त्यस्तै पशुलाई पनि दुःख्छ । मानवले निरीह, निर्दाेष एवं मुक् प्राणीलाई दानवीय प्रवृत्तिका कारण उसको हत्यासँग खुस साट्दै आएको मात्र हो । जब प्राणीको हत्या गरिन्छ तव ऊ बाँच्नका लागि विभिन्न प्रतिक्रिया देखाउँछ अन्तमा विवश भएर रुन्छ, कराउछ चिच्याउँछ । त्यही क्रन्दन बाट E.P waves निस्कन्छ जुन भूकम्पको एउटा महत्वपूर्ण कारक तत्व हो त्यसैले यो पृथ्वीको अस्तित्व रक्षार्थ हत्या बन्द हुनुपर्छ भनेर भारतीय वैज्ञानिकद्वय डा. मदन मोहन बजाज एवं डा. विजय राजले पुष्टि गरिसकेका छन् । सम्पूर्ण धर्महरूले पनि अहिंसालाई नै परम् धर्म मानेका छन् । बुद्धको अहिंसा परमोधम्मो त्यस्तै जिसस क्राइटसको Th-out shalt not kill and ye shall be holy man unto me neither shall ye eat any flesh that is torn of beast in the field. त्यस्तै इसाइ याह ६६÷३ मा एउटा गोवंशलाई मार्नु एउटा मानव मार्नु बराबर हो आदि वाक्यद्वारा कुनै पनि धर्ममा हिंसा स्वीकार्य नभएको पुष्टि हुन्छ । अझ गाईलाई त सबै धर्मका मूल गुरुहरुको उच्च स्थान एवं सम्मान दिएका छन् ।

गोव्रती योगी सोमराज
संरक्षक : कामधेनु गौधाम भलुही रुपन्देही |

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *