के तपाई घर बनाउदै हुनुुहुन्छ ?
यदि बनाउदै हुनुहुन्छ भने शिलान्यास गर्दा निम्नलिखित पाँच विधि गर्नुभयो भने घरमा सुख शान्ति र जीवन आनन्दमय तरिकाले व्यतित गर्न सक्नुहुनेछ ।
घरमा शिलान्यास गर्दा गर्नुपर्ने पाँच मुख्य कुराहरु :-
1- वास्तु विशेषज्ञबाट भूमि एवं माटो परिक्षण गराउने ।
2- वास्तु अनुसार घरको नक्सा निर्माण गर्ने ।
3- शुभ साईतमा वास्तुपुरुष र नागको शिर (दिशा) हेराएर खाडल खन्ने ।
4- खाडलमा विधिपूर्वक दियो,कलश,गणेश,पञ्चकलश(पाँच कलश),पञ्चशिला (पाँच ढुङ्गा अथवा ईट्टा) को स्थापना गरी पूजा गर्ने ।
5- वास्तुपुरुष , नाग, भूमि, क्षेत्रपाल आदिको विधिपूर्वक पूजा गर्ने ।
पुनश्च :- यसरी जगमा राखिएका सामग्री,प्रतिमा,शिला,कलश आदि घर बनाउँदा बाहिर निकाल्नु हुँदैन । त्यसैले खाडल खन्दा अहिलेको घर निर्माणको नियम अनुसार नै खाडल खनेर मात्र गृहारम्भ गर्नुहोला ।