अनुभव
ज्योतिष तथा कर्मकाण्डविद् जनार्दन न्यौपाने
पर्वतको पाङमा लामो समयसम्म ज्योतिष तथा कर्मकाण्डको अध्ययन गरी स्याङ्जादेखि रुपन्देहीसम्म आफ्नो ज्ञान, साधना र सेवामार्फत विशिष्ट पहिचान बनाउनुभएका स्व. ज्यो.पं. नन्दलाल न्यौपानेका नाति तथा ज्योतिष एवं धार्मिक क्षेत्रमा गहिरो ज्ञान र साधना हासिल गर्नुभएका स्व. ज्यो.पं. मोहनीलाल न्यौपाने (रामु पण्डित) का सुपुत्र जनार्दन न्यौपानेलाई ज्योतिषको पारिवारिक परम्परामा जन्मजात संस्कार र ज्ञान प्राप्त व्यक्तित्वका रूपमा लिन सकिन्छ। त्यसैले उहाँलाई ‘गर्भे ज्योतिषी’ भन्दा अत्युक्ति नहोला।
स्याङ्जाको बलाममा जन्मनुभएका न्यौपानेले बाल्यकालदेखि नै ज्योतिषशास्त्र तथा कर्मकाण्डको अध्ययन र अभ्यास प्रारम्भ गर्नुभएको हो। कक्षा ४ देखि आफ्ना पिता स्व. ज्यो.पं. मोहनीलाल न्यौपानेबाट ज्योतिषशास्त्रको प्रारम्भिक ज्ञान हासिल गर्नुभएका उहाँले कक्षा ७ मा पिताको देहावसान भएपछि पनि आफ्नो अध्ययन र साधनालाई निरन्तरता दिनुभयो। त्यस क्रममा साइँला बुबा ज्योतिलाल, ठूला बुबा रुक्मागतलगायत अन्य गुरुहरूबाट ज्योतिषशास्त्रको प्रशिक्षण तथा मार्गदर्शन प्राप्त गर्नुभयो। निरन्तरको अध्ययन, अभ्यास र गुरुजनको मार्गदर्शनका कारण कक्षा ९ मै पुग्दा उहाँ चिना लेखन तथा सामान्य फलादेश गर्न सक्ने अवस्थामा पुगिसक्नुभएको थियो। औपचारिक रूपमा गुरुकुलमा बसेर अध्ययन गर्ने अवसर प्राप्त नभए पनि घरको धार्मिक वातावरण, पिता तथा गुरुजनको संगत र निरन्तरको अनौपचारिक शिक्षाले उहाँको ज्योतिष तथा कर्मकाण्डप्रतिको रुचिलाई अझ गहिरो बनाउँदै लग्यो। कक्षा ९ देखि नै उहाँ चण्डीपाठ, रुद्री, अग्निस्थापना, श्राद्धलगायत विभिन्न धार्मिक तथा कर्मकाण्डीय कार्यमा सहभागी हुँदै व्यावहारिक ज्ञान र अनुभव हासिल गर्न थाल्नुभएको थियो। बाल्यकालमै सुरु भएको यही अध्ययन, अभ्यास र साधना क्रमशः उहाँको जीवनको प्रमुख कर्म र सेवाको क्षेत्र बन्न पुग्यो।
आफ्नो जन्मस्थल स्याङ्जाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेपछि उहाँले काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट मानविकी संकायअन्तर्गत अंग्रेजी तथा समाजशास्त्र विषयमा स्नातक तहको अध्ययन पूरा गर्नुभयो। त्यसपछि वाल्मीकि क्याम्पसमा भाषा प्रशिक्षण लिनुभई उत्तरमध्यमा तहबाट संस्कृत तथा ज्योतिष विषयको औपचारिक अध्ययन गर्नुभयो। अध्ययनको यात्रालाई थप अघि बढाउँदै त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभाग, कीर्तिपुरबाट संस्कृत विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभयो। ज्योतिष, वास्तु, रत्न तथा कर्मकाण्डका क्षेत्रमा आफ्नो ज्ञानलाई थप परिष्कृत गर्ने क्रममा उहाँले पूर्वीय दर्शन विद्यापीठलगायत देश तथा विदेशका विभिन्न संघसंस्थाबाट विभिन्न तालिम, प्रशिक्षण तथा अध्ययनसमेत गर्नुभएको छ।
विगत १६ वर्षदेखि रुपन्देहीको बुटवललाई आफ्नो प्रमुख कर्मथलो बनाएर ज्योतिष, वास्तु, कर्मकाण्ड तथा धार्मिक क्षेत्रमा निरन्तर सेवा गर्दै आउनुभएका न्यौपानेले आफ्नो ज्ञान र अनुभवलाई व्यक्तिगत सेवामा मात्र सीमित नराखी संस्थागत रूपमा समेत विस्तार गर्दै आउनुभएको छ। उहाँले नेपाल ज्योतिष परिषद्को लुम्बिनी अञ्चल हुँदै प्रदेश अध्यक्ष तथा केन्द्रीय सल्लाहकारको जिम्मेवारी सम्हाल्नुभएको छ भने हाल विश्व ज्योतिष महासंघको केन्द्रीय सदस्य तथा प्रदेश सभापतिको जिम्मेवारीमा रही ज्योतिष क्षेत्रको संस्थागत विकासमा सक्रिय हुनुहुन्छ। उहाँको नेतृत्व तथा पहलमा रुपन्देहीमा लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा.लि., लुम्बिनी पूजासामग्री भण्डार, कृष्णगण्डकी पूजासामग्री भण्डार, हरि ॐ पूजासामग्री उद्योग, कामधेनु गौशाला तथा संस्कार शिक्षा बुटवललगायतका विभिन्न संस्था तथा प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन्। यी संस्था तथा प्रतिष्ठानमार्फत ज्योतिष, वास्तु, कर्मकाण्ड, पूजासामग्री, संस्कार शिक्षा तथा धार्मिक–सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।
ज्योतिष तथा कर्मकाण्डको ज्ञानलाई पुस्तान्तरण गर्दै व्यवस्थित, व्यावसायिक तथा संस्थागत रूपमा अघि बढाउने उद्देश्यले न्यौपानेले प्रशिक्षणको क्षेत्रमा समेत महत्वपूर्ण पहल गर्नुभएको छ। नेपाल सरकारअन्तर्गत CTEVT बाट सम्बन्धन प्राप्त संस्थामार्फत ज्योतिष तथा कर्मकाण्डसम्बन्धी प्रशिक्षण सञ्चालन हुँदै आएको छ, जहाँबाट हालसम्म सयौँ व्यक्तिले ज्योतिष तथा कर्मकाण्डको प्रशिक्षण प्राप्त गरिसकेका छन्। यसैगरी, संस्कार शिक्षाको माध्यमबाट सयौँ बालबालिकाले संस्कृत, नैतिक शिक्षा, नेपाली संस्कार तथा संस्कृतिसम्बन्धी ज्ञान र प्रशिक्षण प्राप्त गरिरहेका छन्। नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, संस्कृति तथा नैतिक मूल्यसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले उहाँको शैक्षिक तथा सामाजिक योगदानलाई थप फराकिलो बनाएको छ।
ज्योतिष, धर्म तथा संस्कृतिसम्बन्धी ज्ञानलाई आमजनसमुदायसम्म पुर्याउने उद्देश्यले उहाँ सञ्चार तथा लेखन क्षेत्रमा पनि लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। तिलोत्तमा दैनिक, दैनिक पत्र, लुम्बिनी साप्ताहिकलगायत आधा दर्जनभन्दा बढी पत्रपत्रिकामा उहाँका राशिफल तथा धार्मिक लेखहरू नियमित रूपमा प्रकाशित हुँदै आएका छन्। त्यसैगरी, रेडियो नमस्ते तथा लुम्बिनी टेलिभिजनमार्फत करिब ९ वर्षसम्म ज्योतिष, वास्तु, धर्म तथा संस्कृतिसम्बन्धी कार्यक्रम प्रस्तुत गर्दै उहाँले आमजनसमुदायमा धार्मिक, सांस्कृतिक तथा ज्योतिषीय विषयको ज्ञान र चेतना विस्तारमा योगदान पुर्याउनुभएको छ।
ज्योतिष तथा धार्मिक क्षेत्रको अध्ययन, अनुसन्धान र अनुभव आदानप्रदानका क्रममा उहाँले दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा नेतृत्व तथा सहभागिता जनाइसक्नुभएको छ। सम्मेलन, अध्ययन तथा सेवा–कार्यका क्रममा भारत, चीन, दुबई, मलेसिया, इन्डोनेसिया, रुस, हङकङ तथा अस्ट्रेलियालगायत विभिन्न देशहरूको भ्रमण गर्नुभएको छ। देश तथा विदेशका सेवाग्राहीलाई समेत ज्योतिष, वास्तु तथा कर्मकाण्डसम्बन्धी सेवा प्रदान गर्दै आउनुभएका उहाँले आफ्नो योगदानका लागि विभिन्न संघसंस्थाबाट दर्जनौँ सम्मान, कदरपत्र, प्रशंसा तथा पदक प्राप्त गर्नुभएको छ।
पिता–पुर्खाबाट पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्योतिष विद्यालाई आफ्नो वंशपरम्परागत कर्मका रूपमा अंगाल्दै आउनुभएका न्यौपानेले ज्योतिष विद्यालाई अझ व्यवस्थित, अनुसन्धानमूलक तथा वैज्ञानिक ढंगले अघि बढाउने उद्देश्यले नेपाल सरकारको कम्पनी रजिस्ट्रारको कार्यालयअन्तर्गत लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा.लि. स्थापना गरी सञ्चालनमा ल्याउनुभएको छ। ज्योतिष तथा कर्मकाण्डको क्षेत्रमा CTEVT तथा ISO सम्बन्धन/मान्यता प्राप्त संस्थाका रूपमा यसलाई विकास गर्दै व्यावसायिक तथा व्यवस्थित प्रशिक्षणको क्षेत्रमा समेत उहाँले महत्वपूर्ण पहल गर्नुभएको छ।
वेदले ज्योतिषलाई वेदाङ्गमध्ये महत्वपूर्ण अंगका रूपमा ग्रहण गरेको मान्यतालाई आत्मसात् गर्दै न्यौपाने ज्योतिषलाई केवल फलादेशको माध्यमका रूपमा मात्र नभई धर्म, संस्कृति, परम्परा तथा जीवनपद्धतिसँग जोडिएको महत्वपूर्ण ज्ञानका रूपमा लिनुहुन्छ। उहाँका अनुसार ज्योतिष विद्यालाई धर्म–संस्कृतिबाट अलग गरेर बुझ्नुभन्दा यसको मौलिक मर्म, परम्परा, सांस्कृतिक महत्व तथा ज्ञानलाई आधुनिक अध्ययन र अनुसन्धानसँग जोडेर अघि बढाउनु आवश्यक छ। परम्परागत ज्ञानलाई समयअनुकूल अध्ययन, अनुसन्धान, अभिलेखीकरण र व्यवस्थित पद्धतिसँग जोड्न सकेमा ज्योतिष तथा कर्मकाण्डको क्षेत्रलाई अझ प्रभावकारी र सम्मानित रूपमा अघि बढाउन सकिने उहाँको विश्वास छ।
सानैदेखि ज्योतिष तथा कर्मकाण्डलाई सेवामूलक कर्मका रूपमा अंगाल्दै आउनुभएका न्यौपानेले सर्वसाधारणलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले व्यवस्थित तथा उचित शुल्कमा सेवा प्रदान गर्दै आउनुभएको छ। धार्मिक संघसंस्थामा नेतृत्वदायी तथा सल्लाहकारको भूमिकामा समेत सक्रिय उहाँ साधुसन्त, गुरु तथा गाईप्रति विशेष श्रद्धा र सम्मान राख्नुहुन्छ। धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जीवनको महत्वपूर्ण पक्षका रूपमा लिँदै उहाँ सामाजिक सेवा, दान तथा पुण्यका विभिन्न कार्यमा समेत सक्रिय रहँदै आउनुभएको छ।
भविष्यमा, ज्योतिष, वास्तुकला र अनुष्ठानका क्षेत्रमा थप अध्ययन, अनुसन्धान, प्रकाशन र राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्मेलनहरू मार्फत ज्ञान विस्तार गर्ने उनको दीर्घकालीन लक्ष्य छ। परम्परागत ज्योतिष र कर्मकाण्डीय ज्ञानलाई आधुनिक अध्ययन र अनुसन्धानसँग जोडेर नयाँ पुस्ताका लागि उपयोगी, व्यवस्थित र भरपर्दो ज्ञानको आधार तयार गर्नु उनको मुख्य उद्देश्य रहेको छ । यसबाहेक ज्योतिष र अनुष्ठानको क्षेत्रसँगै शुद्ध, गुणस्तरीय र परम्परागत विधिअनुसार पूजा सामग्री उत्पादन र प्रवर्द्धन गर्ने उनको अर्को महत्वपूर्ण संकल्प छ । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, स्वदेशी पूजा सामग्रीको उत्पादन, अनुष्ठान शिक्षाको विस्तार र ज्योतिष–अनुष्ठान ज्ञानको संस्थागत विकास गरी समाजमा दीर्घकालीन योगदान पु¥याउने उनको लक्ष्य रहेको छ ।
जनार्दन न्यौपाने ज्योतिष, वास्तु, कर्मकाण्ड र धर्म-संस्कृतिको क्षेत्रमा ज्ञान, साधना, सेवा, अनुष्ठान र अनुसन्धानका क्षेत्रमा आफ्नो जीवनयात्राको आधारशिलामा निरन्तर क्रियाशील छन् । बाल्यकालदेखि नै पारिवारिक ज्ञान, गुरुबाट शिक्षा, संस्कृत र ज्योतिषको औपचारिक अध्ययन, लामो व्यावहारिक अनुभव र निरन्तर साधनालाई आत्मसात गर्दै उनले परम्परागत ज्ञानको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणसँगै ज्योतिष र अनुष्ठानको क्षेत्रलाई व्यवस्थित, संस्थागत, अनुसन्धानमूलक र सेवामुखी बनाउने अभियानमा निरन्तर अगाडि बढिरहेका छन् ।
लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा.लि. ज्योतिष, वास्तु, कर्मकाण्ड, धर्म–संस्कृति तथा संस्कारसम्बन्धी ज्ञान, सेवा, प्रशिक्षण र अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले स्थापना गरिएको संस्था हो। करिब १६ वर्षअघि नेपाल सरकारको कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत् दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर (PAN) प्राप्त गरी ज्योतिष तथा कर्मकाण्डविद् जनार्दन न्यौपानेको नेतृत्वमा यो संस्था रुपन्देहीको बुटवलबाट निरन्तर सञ्चालन हुँदै आएको छ।
ज्योतिष, वास्तु तथा कर्मकाण्डको क्षेत्रमा लामो समयदेखि अध्ययन, साधना, अभ्यास र सेवा गर्दै आउनुभएका जनार्दन न्यौपानेको नेतृत्वमा स्थापित यस संस्थाले परम्परागत ज्ञानलाई व्यवस्थित, सेवामूलक, व्यावसायिक तथा अध्ययन–अनुसन्धानमा आधारित ढंगले अघि बढाउँदै आएको छ। बुटवलमा मुख्य कार्यालय रहेको यस संस्थाले ज्योतिष, वास्तु तथा कर्मकाण्डसम्बन्धी सेवा प्रदान गर्नुका साथै यस क्षेत्रमा आवश्यक अध्ययन, प्रशिक्षण, परामर्श तथा ज्ञानको विस्तारलाई समेत आफ्नो महत्वपूर्ण कार्यक्षेत्र बनाएको छ।
ज्योतिष तथा कर्मकाण्डको क्षेत्रमा CTEVT लगायत सम्बन्धित निकायबाट प्राप्त सम्बन्धन, प्रमाणपत्र तथा मान्यताअनुसार प्रशिक्षण तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको यस संस्थाले आफ्नो संस्थागत कार्यप्रणालीलाई गुणस्तरीय र व्यवस्थित बनाउन ISO लगायतका सम्बन्धित प्रमाणन तथा मान्यताहरूसमेत प्राप्त गरेको छ। यसका माध्यमबाट परम्परागत ज्योतिष तथा कर्मकाण्डीय ज्ञानलाई व्यवस्थित प्रशिक्षण, व्यावहारिक सीप र आधुनिक व्यवस्थापन पद्धतिसँग जोड्ने प्रयास हुँदै आएको छ। यस संस्थाबाट हालसम्म सयौँ व्यक्तिले ज्योतिष तथा कर्मकाण्डसम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन्।
लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा.लि.को मूल उद्देश्य ज्योतिष, वास्तु तथा कर्मकाण्डसम्बन्धी विश्वसनीय, व्यवस्थित र सेवामूलक परामर्श तथा सेवा प्रदान गर्नु, यससम्बन्धी ज्ञानको अध्ययन, प्रशिक्षण तथा प्रवर्द्धन गर्नु र धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण एवं पुस्तान्तरणमा योगदान पुर्याउनु हो। यसै उद्देश्यअनुरूप संस्थाले ज्योतिष तथा वास्तु परामर्श, विभिन्न धार्मिक तथा कर्मकाण्डीय सेवा, संस्कारसम्बन्धी कार्य, योग तथा ध्यानसम्बन्धी सेवा एवं प्रशिक्षण, आयुर्वेदसम्बन्धी सेवा तथा प्रशिक्षण, रुद्राक्ष, रत्न तथा यन्त्रसम्बन्धी परामर्श तथा सेवा प्रदान गर्ने कार्यलाई समेत आफ्नो कार्यक्षेत्रमा समेटेको छ।
ज्योतिष, वास्तु, कर्मकाण्ड, संस्कृत, धर्म तथा संस्कृतिसम्बन्धी ज्ञानलाई व्यापक रूपमा समाजमा पुर्याउने उद्देश्यले पत्रपत्रिका, पुस्तक तथा विभिन्न प्रकाशनका माध्यमबाट ज्ञान र सामग्रीको प्रकाशन तथा प्रसार गर्ने कार्यलाई पनि संस्थाले प्राथमिकतामा राखेको छ। धार्मिक तथा सांस्कृतिक गतिविधि, ज्योतिष, वास्तु, कर्मकाण्ड, संस्कृत तथा परम्परागत ज्ञानको संरक्षण, प्रवर्द्धन र अध्ययन–अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संस्था निरन्तर सक्रिय रहँदै आएको छ।
लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा.लि.को स्थापना र विकाससँगै यसको मूल उद्देश्य र कार्यक्षेत्रलाई विस्तार गर्दै क्रमशः विभिन्न भगिनी संस्था तथा प्रतिष्ठानहरू समेत सञ्चालनमा आएका छन्। संस्थाको भगिनी संस्थाका रूपमा लुम्बिनी पूजासामग्री भण्डार, कृष्णगण्डकी पूजासामग्री भण्डार, हरि ॐ पूजासामग्री उद्योग तथा संस्कार शिक्षा, बुटवल लगायतका संस्थाहरू सञ्चालनमा रहेका छन्। यी संस्था तथा प्रतिष्ठानमार्फत शुद्ध तथा गुणस्तरीय पूजासामग्रीको उपलब्धता, धार्मिक सामग्रीको उत्पादन तथा वितरण, संस्कार शिक्षा, संस्कृत तथा नैतिक शिक्षाको प्रवर्द्धनलगायतका कार्यहरू हुँदै आएका छन्।
संस्कार शिक्षा, बुटवलमार्फत बालबालिका तथा नयाँ पुस्तालाई संस्कृत, नेपाली संस्कार, नैतिक शिक्षा, धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यतासँग परिचित गराउने उद्देश्यले विभिन्न शैक्षिक तथा प्रशिक्षणात्मक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। आधुनिक शिक्षासँगै आफ्ना मौलिक भाषा, संस्कार, संस्कृति र नैतिक मूल्यको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने मान्यताका साथ यस क्षेत्रमा संस्थाले निरन्तर काम गर्दै आएको छ।
लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा.लि. आफ्नो व्यावसायिक उद्देश्यमा मात्र सीमित नरही सामाजिक तथा धार्मिक उत्तरदायित्वलाई समेत महत्वपूर्ण पक्षका रूपमा ग्रहण गर्दै आएको छ। संस्थाले आफ्नो क्षमता और आवश्यकताअनुसार विभिन्न सामाजिक तथा धार्मिक सेवामा सहयोग गर्दै आएको छ। कहिले गौशालामा सहयोग, कहिले मानवसेवा तथा सेवामूलक संस्थामा सहयोग, कहिले अनाथालय तथा आश्रममा सहयोग, कहिले मठ–मन्दिर तथा धार्मिक संस्थामा सहयोग गर्दै आएको छ भने साधुसन्त तथा धार्मिक आश्रमहरूको सेवा र सहयोगमा समेत संस्था सहभागी हुँदै आएको छ। समाजका विभिन्न वर्ग, समुदाय तथा धार्मिक संस्थालाई आवश्यकताअनुसार सहयोग पुर्याउँदै सेवा, दान, धर्म र सामाजिक उत्तरदायित्वको भावनालाई संस्थाले आफ्नो कार्यसंस्कृतिको एक महत्वपूर्ण अंग बनाएको छ।
परम्परागत ज्योतिष तथा कर्मकाण्डीय ज्ञानलाई आधुनिक समयको आवश्यकता, अध्ययन, अनुसन्धान र व्यवस्थित सेवासँग जोड्दै अघि बढ्ने उद्देश्य बोकेको लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा.लि.ले आगामी दिनमा ज्योतिष, वास्तु, कर्मकाण्ड, संस्कृत, धर्म–संस्कृति, योग, ध्यान तथा आयुर्वेदका क्षेत्रमा थप अध्ययन, अनुसन्धान, प्रशिक्षण, प्रकाशन र सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। साथै, शुद्ध तथा गुणस्तरीय पूजासामग्रीको उत्पादन तथा प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सामग्रीको प्रकाशन, नयाँ पुस्तामा संस्कार तथा संस्कृति हस्तान्तरण र ज्योतिष तथा कर्मकाण्डसम्बन्धी ज्ञानलाई थप व्यवस्थित तथा संस्थागत बनाउने दिशामा संस्था निरन्तर अघि बढिरहेको छ।
ज्ञान, परम्परा, सेवा, संस्कार र अनुसन्धानलाई आफ्नो मूल आधार बनाउँदै लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा.लि.ले विगत १६ वर्षदेखि रुपन्देहीको बुटवलबाट ज्योतिष, वास्तु, कर्मकाण्ड तथा धर्म–संस्कृतिको क्षेत्रमा आफ्नो सेवा र संस्थागत यात्रा निरन्तर अगाडि बढाउँदै आएको छ। परम्परागत ज्ञानको सम्मान गर्दै आधुनिक अध्ययन तथा व्यवस्थापन पद्धतिसँग यसको समन्वय गरी समाजका लागि उपयोगी, विश्वसनीय र सेवामूलक संस्था निर्माण गर्ने यसको मूल प्रतिबद्धता हो।
मुख्य कार्यालय: बुटवल–४, ट्राफिक चोक, रुपन्देही, नेपाल।
पूर्ण शुद्धताका लागि शुद्ध वैदिक गणितीय गणनाहरूको प्रयोग।
तपाईंको जन्म विवरण र छलफल गरिएका भविष्यवाणीहरूको १००% गोपनीयता।
कुनै झुटो वाचा बिना सरल, व्यावहारिक र अत्यधिक प्रभावकारी उपायहरू।