+977-9857030611 info@nepalastro.com बुटवल-६, ट्राफिक चोक

हीरा

हीरा

(Diamond)

रत्न वैदिक ज्योतिषशास्त्रमा दैत्यगुरु, सौन्दर्य, कला, ऐश्वर्य र भौतिक सुख-सुविधाका प्रतीक मानिने 'शुक्र' (Venus) ग्रहको प्रतिनिधित्व गर्ने एक अत्यन्तै चम्किलो र प्रभावशाली रत्न हो। कुण्डलीमा शुक्र ग्रह कमजोर वा पीडित अवस्थामा हुँदा उत्पन्न हुने आर्थिक समस्या, कलात्मक क्षमतामा कमी र भौतिक सुखमा बाधा जस्ता नकारात्मक प्रभावलाई हटाएर शुभ फल प्राप्त गर्न हीरा धारण गर्ने गरिन्छ। यो रत्न धारण गर्नाले मानिसमा आकर्षण, रचनात्मकता, ऐश्वर्य, प्रेम सम्बन्धमा मधुरता र समृद्धिमा वृद्धि हुन्छ। स्वास्थ्यका दृष्टिले पनि यसले प्रजनन् प्रणाली, मधुमेह र छालासम्बन्धी समस्याहरूबाट राहत दिलाउने ज्योतिषीय मान्यता छ। सक्कली हीरा सम्भव भएमा धारण गर्नु अति उत्तम मानिन्छ, तर यो धेरै खर्चिलो हुने हुँदा हीराको साटो यसको उपरत्न ओपल (Opal) वा मोजनाइट (Moissanite) पनि धारण गर्न सकिन्छ। हीरा वा यसका उपरत्नहरूलाई सामान्यतया चाँदी, प्लाटिनम वा ह्वाइट गोल्डको औंठीमा जडेर शुक्रबारको दिन सूर्योदयको समयमा सम्भव भएमा गुरुबाट रत्न प्रतिष्ठा गरेर अन्यथा शुक्रको बीज मन्त्र ॐ शुं शुक्राय नमः कम्तिमा १०८ जप गरी दाहिने हातको कान्छी औंलामा धारण गर्नुपर्दछ |

रत्नहरू प्रायः राशि अनुसार, जन्मलग्न कुण्डली अनुसार र अहिले चलेका दशा अनुसार पनि लगाउने गरिन्छ। तथापि, केवल सामान्य राशि अनुसार भन्दा एकपटक ज्योतिष गुरुसँग परामर्श गरेर जन्मलग्न कुण्डली अनुसार लगाउनु अझ उत्तम हुनेछ। कुण्डलीमा शुक्रको कारकत्व, स्थिति र अन्य ग्रहहरूसँगको दृष्टि वा युतिलाई ध्यानमा नराखी रत्न धारण गर्दा विपरीत प्रभाव पर्न सक्छ। साथै, माणिक, मुगा वा पुष्पराज जस्ता शुक्रका विरोधी ग्रहका रत्नहरूसँग हीराको प्रयोग वर्जित मानिने भएकाले राम्रो ज्योतिषीसँगको परामर्श पछि मात्र यो रत्न कति तौलको कुन विधि गरेर कहिलेबाट कहिलेसम्म धारण गर्ने आदि बुझेर धारण गर्नु अझ उत्तम र फलदायी हुनेछ।
नेपाल एस्ट्रो सहयोग
नमस्ते! म तपाईलाई कसरी सहयोग गर्न सक्छु?