रत्न वैदिक ज्योतिषशास्त्रमा बुद्धि, वाणी र व्यापारका कारक मानिने "बुध"(Mercury) ग्रहको प्रतिनिधित्व गर्ने एक अत्यन्तै शुभ र प्रभावशाली रत्न हो। कुण्डलीमा बुध ग्रह कमजोर वा पीडित अवस्थामा हुँदा उत्पन्न हुने बौद्धिक अन्योल, सञ्चारमा बाधा र व्यापारमा घाटा जस्ता नकारात्मक प्रभावलाई हटाएर शुभ फल प्राप्त गर्न पन्ना धारण गर्ने गरिन्छ। यो रत्न धारण गर्नाले मानिसमा स्मरणशक्ति, तार्किक क्षमता, भाषणकला, बौद्धिक एकाग्रता र व्यापार-व्यवसायमा वृद्धि हुन्छ। स्वास्थ्यका दृष्टिले पनि यसले छालासम्बन्धी रोग, स्नायु प्रणाली (Nervous System) र वाक्-दोष (बोलीको समस्या) बाट राहत दिलाउने ज्योतिषीय मान्यता छ। पन्नालाई सामान्यतया काँस वा सुनको औंठीमा जडेर बुधबारको दिन सूर्योदयको समयमा सम्भव भएमा गुरुबाट रत्न प्रतिष्ठा गरेर अन्यथा बुधको बीज मन्त्र ॐ बुं बुधाय नमः कम्तिमा १०८ जप गरी दाहिने हातको कान्छी औंलामा (Little Finger) ) धारण गर्नुपर्दछ |
रत्नहरू प्रायः राशि अनुसार, जन्मलग्न कुण्डली अनुसार र अहिले चलेका दशा अनुसार पनि लगाउने गरिन्छ। तथापि, केवल सामान्य राशि अनुसार भन्दा एकपटक ज्योतिष गुरुसँग परामर्श गरेर जन्मलग्न कुण्डली अनुसार लगाउनु अझ उत्तम हुनेछ। कुण्डलीमा बुधको कारकत्व, स्थिति र अन्य ग्रहहरूसँगको दृष्टि वा युति (जस्तै सूर्यसँगको बुधादित्य योग वा पापी ग्रहको प्रभाव) लाई ध्यानमा नराखी रत्न धारण गर्दा विपरीत प्रभाव पर्न सक्छ। साथै, मुगा वा मोती जस्ता बुधका विरोधी ग्रहका रत्नहरूसँग पन्नाको प्रयोग वर्जित मानिने भएकाले राम्रो ज्योतिषीसँगको परामर्श पछि मात्र यो रत्न कति तौलको कुन विधि गरेर कहिलेबाट कहिलेसम्म धारण गर्ने आदि बुझेर धारण गर्नु अझ उत्तम र फलदायी हुनेछ।
धारण गर्ने विधि
बुध, सुन बा पञ्चधातुको औंठी वायाँ हातको कान्छी औंलामा बुध मन्त्रद्वारा मन्त्रणा गरेर बुधबार शुभ मुहूर्तमा लगाउने ।