+977-9857030611 info@nepalastro.com बुटवल-६, ट्राफिक चोक

मुगा

मुगा

मुगा

(Muga)

रत्न वैदिक ज्योतिषशास्त्रमा नवग्रहका सेनापति तथा साहसका प्रतीक मानिने 'मङ्गल' (Mars) ग्रहको प्रतिनिधित्व गर्ने एक अत्यन्तै ऊर्जावान् र प्रभावशाली रत्न हो। कुण्डलीमा मङ्गल ग्रह कमजोर वा नीच अवस्थामा हुँदा उत्पन्न हुने आलस्य, डर र असफलता जस्ता नकारात्मक प्रभावलाई हटाएर शुभ फल प्राप्त गर्न मुगा धारण गर्ने गरिन्छ। यो रत्न धारण गर्नाले मानिसमा साहस, पराक्रम, ऊर्जा, आत्मविश्वास र निर्णय लिने क्षमतामा वृद्धि हुन्छ। स्वास्थ्यका दृष्टिले पनि यसले रक्तविकार, छालासम्बन्धी समस्या, मांसपेशीको कमजोरी र आलस्यताबाट राहत दिलाउने ज्योतिषीय मान्यता छ। मुगालाई सामान्यतया तामा वा सुनको औंठीमा जडेर मंगलबारको दिन सूर्योदयको समयमा सम्भव भएमा गुरुबाट रत्न प्रतिष्ठा गरेर अन्यथा मङ्गलको बीज मन्त्र ॐ भौमाय नमः कम्तिमा १०८ जप गरी दाहिने हातको साहिली औंलामा (Ring Finger) धारण गर्नुपर्दछ |

रत्नहरू प्रायः राशि अनुसार, जन्मलग्न कुण्डली अनुसार र अहिले चलेका दशा अनुसार पनि लगाउने गरिन्छ। तथापि, केवल सामान्य राशि अनुसार भन्दा एकपटक ज्योतिष गुरुसँग परामर्श गरेर जन्मलग्न कुण्डली अनुसार लगाउनु अझ उत्तम हुनेछ। कुण्डलीमा मङ्गलको कारकत्व, स्थिति र अन्य ग्रहहरूसँगको दृष्टि वा युति (जस्तै मङ्गल दोष वा अन्य अशुभ प्रभाव) लाई ध्यानमा नराखी रत्न धारण गर्दा विपरीत प्रभाव वा अत्यधिक रीस र उत्तेजना बढ्न सक्छ। साथै, पन्ना वा नीलम जस्ता मङ्गलका विरोधी ग्रहका रत्नहरूसँग मुगाको प्रयोग वर्जित मानिने भएकाले राम्रो ज्योतिषीसँगको परामर्श पछि मात्र यो रत्न कति तौलको कुन विधि गरेर कहिलेबाट कहिलेसम्म धारण गर्ने आदि बुझेर धारण गर्नु अझ उत्तम र फलदायी हुनेछ।

धारण गर्ने विधि

मंगल, ताम्र, पञ्चधातु वा सुनको औंठी दाँया हातको साहिली औंलामा मङ्गल मन्त्रद्वारा मन्त्रणा गरेर मंगलबार शुभ मुहुर्तमा लगाउने ।

नेपाल एस्ट्रो सहयोग
नमस्ते! म तपाईलाई कसरी सहयोग गर्न सक्छु?