हाम्रा सनातन कर्म तथा नित्य पूजापाठका लागि अनिवार्य मानिने जनै, गङ्गाजल र गोमूत्र जस्ता पवित्र सामग्रीहरू प्रायः भारतका विभिन्न शहरहरूबाट आयात हुने गर्छन्। तर, दोस्रो मुलुकबाट आउने यस्ता सामग्रीहरू गैर-हिन्दूहरूद्वारा तयार पारिएका, शास्त्रोक्त विधि अनुसार सरा र शिखा पूरा नभएका र अशुद्ध हुने गरेको यथार्थले हामीलाई अत्यन्तै दुःखी र चिन्तित बनायो। धार्मिक रूपमा अत्यन्तै संवेदनशील मानिने र वर्षभरि धारण गरिने जनै जस्तो अति पवित्र वस्तुसमेत अशुद्ध रूपमा आयात गरेर आफ्नै भण्डारबाट बिक्री गर्नुपर्दा मनमा ठूलो ग्लानि उत्पन्न हुन्थ्यो। यही बाध्यता र अशुद्धतालाई अन्त्य गर्दै स्वदेशमै पूर्ण शास्त्रोक्त विधि अनुसार शुद्ध र पवित्र जनै लगायतका पूजासामग्रीहरू उत्पादन गर्ने दृढ अठोटका साथ हाम्रो समूहले ६ बर्ष अघि बुटवलमै हरि ऊं पूजासामग्री उद्योग को स्थापना गर्यो।
लोकनाथ काफ्लेको कुशल नेतृत्वमा सञ्चालित यस उद्योगले विशेष गरी जनैको शुद्धता, विधि र गुणस्तरमा मुख्य जोड दिँदै आएको छ। उद्योगले पूर्ण धार्मिक विधि, सरा र शिखाको नियम पालन गरी तयार पारिएका संस्कार जनै, गायत्री जनै र ब्रह्मसूत्र जनैहरू स्वदेशमै उत्पादन गर्दै आएको छ। जनैका अलावा वैदिक परम्परा अनुसार निर्माण गरिने रक्षाबन्धन (डोरो), धागोको बत्ती, शुद्ध गङ्गाजल र गोमूत्र जस्ता नित्य पूजाका लागि अत्यावश्यक सामग्रीहरू पनि पूर्ण शुद्धताका साथ यहीँ तयार पारिन्छन्।
नेपालमा जनैको आफ्नै उत्पादन पर्याप्त नहुँदा विदेशी र अशुद्ध जनैको भर पर्नुपर्ने अवस्थालाई चिर्दै सनातन धर्मावलम्बीहरूलाई १००% शुद्ध, पवित्र र भरोसायोग्य स्वदेशी जनै उपलब्ध गराउनु नै हाम्रो मुख्य ध्येय हो। सानो प्रयासबाट सुरु गरिएको भए तापनि धर्म र संस्कृतिको मर्यादा जोगाउँदै निकट भविष्यमा अन्य आवश्यक सम्पूर्ण शुद्ध पूजासामग्रीहरू समेत स्वदेशमै उत्पादन गर्ने फराकिलो लक्ष्यका साथ हरि ओम पूजासामग्री उद्योग निरन्तर अघि बढिरहेको छ।
हामीलाई भेट्नुहोस्
सहरको मुटुमा अवस्थित, यो शाखा सजिलै पहुँचयोग्य छ। सही स्थान विवरणहरूको लागि कृपया हाम्रो मुख्य कार्यालयमा सम्पर्क गर्नुहोस्।
ठेगाना: हरि ऊं पूजासामग्री उद्योग, बुटवल देवीनगर
खुल्ने समय
हरेक दिन बिहान ८:०० बजे देखि बेलुका ६:०० बजे सम्म खुला रहन्छ। विस्तृत परामर्शको लागि हामी पहिले नै अपोइन्टमेन्ट बुक गर्न सिफारिस गर्छौं।
सम्पर्क: 9857049491