Lumbini Puja Samagri Bhandar

Lumbini Puja Samagri Bhandar

A famous center for complete puja materials

लुम्बिनी प्रदेशको ऐतिहासिक एवं धार्मिक सहर बुटवलको मुटु, ट्राफिकचोक स्थित तिलोत्तमा गंगाको पवित्र तट र ऐतिहासिक जितगढी किल्लाको सामिप्यमा अवस्थित लुम्बिनी पूजासामग्री भण्डार केवल व्यापारिक प्रतिष्ठान मात्र नभई सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन गर्ने एक प्रमुख केन्द्र हो। संस्कृत विषयमा आचार्य गर्नुभएका तथा विभिन्न धार्मिक-सामाजिक संघ-संस्थाको नेतृत्व गरिसक्नुभएका अभियन्ताद्वय, प्रसिद्ध ज्योतिष पण्डित जनार्दन न्यौपाने र आचार्य सुन्दर भण्डारीको संयुक्त सञ्चालन एवं कुशल मार्गदर्शनमा यस भण्डारले एक दशकभन्दा बढी समयदेखि पश्चिम नेपालमा आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउन सफल भएको छ।

हाम्रो मुख्य उद्देश्य केवल पूजासामग्रीको व्यापार गर्नु मात्र नभई शुद्ध सामग्रीको उत्पादन, बिक्री-वितरण तथा धर्म-संस्कृतिको,संरक्षण , जागरण र प्रचार-प्रसार गर्नु हो। व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई मर्मका रूपमा लिँदै हामीले पञ्चायन पूजा प्रशिक्षण, शंख बजाउने तालिम तथा प्रतियोगिता, र कर्मकाण्ड एवं ज्योतिष पण्डितहरूका लागि क्षमता अभिवृद्धि सम्मेलन जस्ता विविध रचनात्मक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएका छौँ। साथै, संस्थाको आम्दानीको १० प्रतिशतभन्दा बढी रकम गौशाला, मठ-मन्दिर तथा आश्रमहरूको संरक्षण र सहयोगका लागि समर्पित गर्दै आएका छौँ।

हरेक प्रकारका शुभ (देवकार्य) वा पितृ कर्मका लागि आवश्यक पर्ने सम्पूर्ण शुद्ध र गुणस्तरीय पूजासामग्रीहरू सुपथ मूल्यमा एकै छानामुनि प्राप्त गर्नका लागि लुम्बिनी पूजासामग्री भण्डारमा यहाँहरू सम्पूर्ण सेवाग्राहीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

हामीलाई भेट्नुहोस्

सहरको मुटुमा अवस्थित, यो शाखा सजिलै पहुँचयोग्य छ। सही स्थान विवरणहरूको लागि कृपया हाम्रो मुख्य कार्यालयमा सम्पर्क गर्नुहोस्।

ठेगाना: लुम्बिनी पूजासामग्री भण्डार, बुटवल ४

खुल्ने समय

हरेक दिन बिहान ८:०० बजे देखि बेलुका ६:०० बजे सम्म खुला रहन्छ। विस्तृत परामर्शको लागि हामी पहिले नै अपोइन्टमेन्ट बुक गर्न सिफारिस गर्छौं।

सम्पर्क: 9857011911

Nepal Astro Support
Namaste! How can I help you today?