Sanskar Shiksha, Butwal

Sanskar Shiksha, Butwal

Children's rites, culture and moral education

अहिलेको बदलिँदो जीवनशैली, पारिवारिक व्यस्तता र परिस्थितिका कारण सबै बालबालिकाहरूलाई पूर्ण रूपमा गुरुकुलीय शिक्षामा पठाउन सम्भव छैन। अर्कोतर्फ, आधुनिक सरकारी तथा निजी विद्यालयहरूमा अक्षर र प्रविधिको ज्ञान राम्रो भए तापनि संस्कार, आचरण र नैतिक शिक्षाको भने ठूलो अभाव देखिन्छ। आजका बाबुनानीहरू मोबाइल, ट्याब्लेट र ल्यापटपमा त व्यस्त छन्, तर उनीहरू आफ्नो परिवार, सनातन संस्कृति, परम्परा र मूल्य-मान्यताबाट टाढा हुँदै गएका छन्। सानै उमेरमा जग (जरा) बलियो बनाउन सकियो भने मात्र बालबालिका भविष्यमा असल, चरित्रवान् र सफल नागरिक बन्न सक्छन् भन्ने मूल मर्मलाई आत्मसात् गर्दै बुटवलमा संस्कार शिक्षा सञ्चालन गरिएको हो।

काठमाडौँमा डा. स्वामी केशवानन्दजीद्वारा सम्पादित एवं सञ्चालित संस्कार शिक्षालाई मूल आधार बनाई, अन्य व्यावहारिक एवं उपयोगी पाठ्यक्रमहरू समावेश गरेर विगत १ वर्ष ५ महिनादेखि यो अभियान सञ्चालित छ। बुटवलको ट्राफिकचोकस्थित लुम्बिनी ज्योतिषको प्रशिक्षण कक्षमा आधुनिक र परम्परागत शैलीको सुन्दर मिश्रणसहित अत्याधुनिक कक्षाकोठामा योग्य आचार्यहरूद्वारा शिक्षण गराइन्छ। यस कक्षामा बालबालिकाहरूलाई योग, ध्यान, संगीत, व्यावहारिक ज्ञान, नैतिक शिक्षा र सनातन धर्म-संस्कृतिका मूल्य-मान्यताहरू सिकाइन्छ।

हाल १०८ जना बाबुनानीहरूले बिदाका दिनहरूमा दैनिक २ घण्टा सहभागी भई यो विशेष शिक्षा लिइरहनुभएको छ। विगत डेढ वर्षको अनुभवमा बालबालिकाहरूको सोच, बानीव्यहोरा र व्यवहारमा निकै सकारात्मक परिवर्तन आएको, उनीहरू अनुशासित, चरित्रवान्, जिम्मेवार र लगनशील बन्दै गएको अभिभावकहरूले महसुस गर्नुभएको छ। जम्मा ३ भागमा विभाजित यो पाठ्यक्रम पूर्ण रूपमा हासिल गर्न सामान्यतया ३ वर्ष (एक लेभल) लाग्दछ।

आफ्ना बाबुनानीहरूलाई प्रविधिका साथै असल संस्कार र संस्कृतिले सुसज्जित गराउनका लागि संस्कार शिक्षा बुटवलमा सम्पर्क गर्नुहोस्।

हामीलाई भेट्नुहोस्

सहरको मुटुमा अवस्थित, यो शाखा सजिलै पहुँचयोग्य छ। सही स्थान विवरणहरूको लागि कृपया हाम्रो मुख्य कार्यालयमा सम्पर्क गर्नुहोस्।

ठेगाना: संस्कार शिक्षा बुटवल, ट्राफिकचोक, बुटवल, रुपन्देही

खुल्ने समय

हरेक दिन बिहान ८:०० बजे देखि बेलुका ६:०० बजे सम्म खुला रहन्छ। विस्तृत परामर्शको लागि हामी पहिले नै अपोइन्टमेन्ट बुक गर्न सिफारिस गर्छौं।

सम्पर्क: ९८५७०१७५११

Nepal Astro Support
Namaste! How can I help you today?